चन्दनकुमार यादब
राजविराज, १७ जेठ ।
कोरोनासंक्रमण व्यवस्थापनका लागि प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिँह अस्पताल तथा भिमदल गणलाई ७५ लाखको चेक हस्तान्तरण गरेका छन् ।
कोरोना ब्यबस्थापन कोषबाट मन्त्री साहले ५० लाख गजेन्द्र नारायण सिँह अस्पताल राजबिराजको पिसिआर ब्यबस्थापन तथा २५ लाख भिमदल गणलाई आईसोलेशन सेन्टर ब्यबस्पापनका लागि चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मन्त्री साहले गजेन्द्र नारायण सिँह अस्पतालमा पिसिआर मेसिन जडान भईरहेको अबस्था वारेमा समेत जानकारी लिदै दुई दिन भित्रै संचालनमा ल्याउने अस्पतालका मेसु डा चुमन लाल दासले जानकारी दिएका छन् ।
यस्तै मन्त्री साहको सहयोग तथा भिमदल गणको व्यवस्थापनमा साईकृष्णा मेडिकल अस्पतालमा निर्माण भइरहेको ९२ वेड आईसोलेशन वाडको पनि निरिक्षण गरे ।
यता सप्तरीमा कोरोना संक्रमित बढ्न थालेपछि आईसोलेशनका लागि एक हप्ता भित्रै ३ सय बेड सम्म निर्माण गर्ने भिम दल गणका प्रमुख गुप्त बहादुर कुवरले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले सप्तरीमा हालसम्म दुई महिलासहित ४२ जना कोरोना संक्रमित भेटिएको बताएका छन् । जसमध्ये बोदेबरसाईन नगरपालिकामा १९, डाक्नेशवरी नगरपालिकामा १२, राजबिराज नगरपालिकामा ४, बलानबिहुल गाउँपालिकामा ४ तथा खडक नगरपालिकामा, सुरूङ्गा नगरपालिकामा र बिष्णुपुर गाउँपालिकामा १÷१ जना गरी ४२ जना संक्रमित भेटिएको हो । ती मध्ये १६ जनाको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल तथा बाँकीहरुको सम्बन्धीत पालिकाको क्वारेन्टाइन कक्षमै उपचार भइरहेको छ ।
सप्तरीको विभिन्न स्थानिय तहमा रहेको ५७ वटा कोरेन्टाईन सेन्टरबाट संकलन गरिएको ५ सय ५५ जनाको स्वाब संकलनको रिपोर्ट आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
सारांश
- कोरोना ब्यबस्थापन कोषबाट मन्त्री साहले ५० लाख गजेन्द्र नारायण सिँह अस्पताल राजबिराजको पिसिआर ब्यबस्थापन तथा २५ लाख भिमदल गणलाई आईसोलेशन सेन्टर ब्यबस्पापनका लागि चेक हस्तान्तरण गरेका हुन् ।
- सो अवसरमा मन्त्री साहले गजेन्द्र नारायण सिँह अस्पतालमा पिसिआर मेसिन जडान भईरहेको अबस्था वारेमा समेत जानकारी लिदै दुई दिन भित्रै संचालनमा ल्याउने अस्पतालका मेसु डा चुमन लाल दासले जानकारी दिएका छन् ।
- यस्तै मन्त्री साहको सहयोग तथा भिमदल गणको व्यवस्थापनमा साईकृष्णा मेडिकल अस्पतालमा निर्माण भइरहेको ९२ वेड आईसोलेशन वाडको पनि निरिक्षण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया