अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए

राजविराज राजविराज
|
सोमबार, श्रावण २८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए

सारांश

  •     सबल नेपाल, सप्तरी युथ नेपाल एवं सप्तरी क्रिकेट संघले सप्तरीले जिल्लाभरीमा उक्त संख्यामा बिरुवा रोपेको हो ।
  •       एक कार्यक्रमको आयोजना गरी राजविराजस्थित पव्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा संघिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह एवं संघिय खानेपानी तथा सरसफाइ मन्त्री प्रदिप यादवले संयुक्त रुपमा विरुवा रोपेर अभियानको उदघाटन गरे ।
  •       सो अवसरमा प्रमुख जिल्ला अधिकारी मेखराज मग्राति, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, खानेपानी संस्थान कार्यालयका कार्यालय प्रमुख राजाराम यादव, सरसफाइ अभियनता धिरेन्द्र साह, सबल नेपालका परमेश्वर झा, शुभ नारायण भिण्डवार, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुला माझि, सदस्य अनवर अली एवं सप्तरी युथ नेपालका मोहन यादव, विष्णु यादव लगायतका सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।  

    सप्तरीमा १४ हजार विरुवा रोपेर सोमबार २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ । 
    सबल नेपाल, सप्तरी युथ नेपाल एवं सप्तरी क्रिकेट संघले सप्तरीले जिल्लाभरीमा उक्त संख्यामा बिरुवा रोपेको हो । 
    एक कार्यक्रमको आयोजना गरी राजविराजस्थित पव्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा संघिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह एवं संघिय खानेपानी तथा सरसफाइ मन्त्री प्रदिप यादवले संयुक्त रुपमा विरुवा रोपेर अभियानको उदघाटन गरे । 
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी मेखराज मग्राति, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, खानेपानी संस्थान कार्यालयका कार्यालय प्रमुख राजाराम यादव, सरसफाइ अभियनता धिरेन्द्र साह, सबल नेपालका परमेश्वर झा, शुभ नारायण भिण्डवार, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुला माझि, सदस्य अनवर अली एवं सप्तरी युथ नेपालका मोहन यादव, विष्णु यादव लगायतका सहभागिता रहेको थियो । यस संगै राजविराजको राजदेवि माध्यमिक विद्यालय, केअ माध्यमिक विद्यालय, वस पार्क लगायतको स्थानमा समेत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । 
    सप्तरी क्रिकेट संघले गत वैशाखमा आयोजना गरेको सप्तरी प्रिमियर लिग छैठो संस्करणको क्रिकेट प्रतियोगिता अन्र्तगत खेलाडीले हान्ने हरेक छक्कामा ५० वटा रुख रोप्ने घोषणा सबल नेपाल, सप्तरी युथ नेपाल र सप्तरी क्रिकेट संघद्धारा संयुक्त रुपमा घोषणा गरिएको थियो ।
    यसै गरी युवा दिवसको अवसरमा सबल नेपालले सप्तरी जिल्लाको १८ वटै पालिकामा युएसएआइडि सिएसएम परियोजना अन्तर्गत गठन गरिएको युवा सञ्जालको नेतृत्वमा १८ वटै पालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । 
    जस अन्र्तगत तिलाठि कोईलाडि गाँउपालिका अध्यक्ष अरुण मण्डलको सहभागितामा विभिन्न स्थानमा ३ सय ५० विरुवा, सप्तकोशि नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको सहभागिता तथा उपस्थितिमा ५ सय थान बिरुवा, सुरुङ्गा नगरपालिका वडा नं ३ मा वडा सचिव राजु वस्नेतको सहभागितामा ३ सय विरुवा तथा खडक नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सहभागितामा २ सय ५० विरुवा रोपिनुको साथै अन्तरकृयात्मक कार्यक्रम समेत गरिएको छ । 
    यसै गरी अन्य गाँउपालिका तथा नगरपालिकामा स्थानीय युवा सञ्जाल, क्लब, स्थानीय प्रशासन, स्थानीय युवा, महिला, वालकल्व लगायतको सक्रिय सहभागितामा विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
झाको निधनले काँग्रेस स्तब्ध
झाको निधनले काँग्रेस स्तब्ध
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा 
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु