दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
१९ बर्ष मुनिको च्यालेन्र्जस ट्रफी क्रिक्रेट प्रतियोगिताका लागि सप्तरीका बिबेक यादव पर्न सफल भएका छन् ।
ऋत गौतमको कप्तानीमा चयन भएको उक्त टोलीमा घरेलु क्रिकेटमा स्तरीय प्रर्दशन गर्दै आएका बिवेक निरन्तर बन्दशिविरमा पर्दै आए पनी यस पटक राष्ट्रिय टोलिमा पर्न सफल भएका हुन् ।
राजविराजको राजदेवी क्रिकेट एकेडेमीबाट आप्mनो क्रिकेट जिवनको शुरुवात गरेका बिवेक घरेलु क्रिकेट बजाज खडक वारियर्सका तर्फबाट खेल्दै आएका छन् । १६ बर्षिय बिवेक मिडियम पेस बलिंग तथा मध्यक्रमका आक्रमक ब्याट्सम्यान हुन ।
बुधवार घोषणा भएको १६ जनाको टोलिको कप्तानमा ऋत गौतम, लोकेस बहादुर बम, तिर्थराज दास, बिशाल बिक्रम केसि, खडग बहादुर बोहोरा, अभिशेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुसल मल्ल, सुर्य तामांग, शेर मल्ल, आकास चन्द, प्रतिश जिसि, गौतम केसि र तिलक राज भण्डारी लगायतका खेलाडि छन भने बैकल्पीक खेलाडिमा दिपक बोहोरा, र्दुगेस गुप्ता, निखिल कुमार सिंह र सोनु देवकोटा लगायतलाई राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक जगत टामाटा, १९ बर्ष मुनिका राष्ट्रिय टोलिका प्रशिक्षक बिनोद दास र छनौट समिति सदस्य राजु खडकाले चयन गरेका हुन ।
नेपाली टोलि अगामी नोभेम्वर ९ मा भारतको हैदरावाद प्रस्थान गर्ने छ भने प्रतियोगिता नोभेम्वर ११ देखि १७ सम्म संचालन हुनेछ ।
सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा
सारांश
- ऋत गौतमको कप्तानीमा चयन भएको उक्त टोलीमा घरेलु क्रिकेटमा स्तरीय प्रर्दशन गर्दै आएका बिवेक निरन्तर बन्दशिविरमा पर्दै आए पनी यस पटक राष्ट्रिय टोलिमा पर्न सफल भएका हुन् ।
- राजविराजको राजदेवी क्रिकेट एकेडेमीबाट आप्mनो क्रिकेट जिवनको शुरुवात गरेका बिवेक घरेलु क्रिकेट बजाज खडक वारियर्सका तर्फबाट खेल्दै आएका छन् ।
- १६ बर्षिय बिवेक मिडियम पेस बलिंग तथा मध्यक्रमका आक्रमक ब्याट्सम्यान हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया