दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
राष्ट्रिय बाल दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहान, आँखा उपचार केन्द्र राजबिराजले आँखा स्वास्थ शिबिरको आयोजना गरेको छ ।
राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।
आँखा उपचार केन्द्रका प्रमुख डा. रामकुमार झाले बिद्यालयका १ सय ५ जना बालबालिका तथा १० जना बिद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपचार समेत गरेको बिद्यालयका प्रअ बैधनाथ यादबले जानकारी दिएका छन् ।
केन्द्रका प्रमुख डा. झाले शिविरमा बालबालिकामा एलर्जी, भिजन कमजोर भए नभएको, पोषण स्वास्थ सम्बन्धमा आँखा बचाउन ध्यान दिनुपर्नेे जानकारी गराए ।
उनले बालवालिकाहरूको आँखाको बिकासको लागी समय समयमा चेतनाको स्तर, बढाउनुपर्ने, पोषणको अबस्थामा सुधार ल्याउनुपर्ने बिद्यालय भर्ना अगाडी एक पटक आँखा जाँच गराउनुपर्नेमा सल्लाह समेत दिए ।
सम्पन्न शिविरमा बालबालिकाहरूको भिजन चेकजाँच गर्नका लागि प्रमुख झा सँगै केन्द्र कर्मचारी बिजुली प्रसाद चौधरीले समेत सहयोग गरेका थिए ।
बाल दिवसको अवसरमा आँखा शिविर
सारांश
- राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।
- आँखा उपचार केन्द्रका प्रमुख डा.
- रामकुमार झाले बिद्यालयका १ सय ५ जना बालबालिका तथा १० जना बिद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपचार समेत गरेको बिद्यालयका प्रअ बैधनाथ यादबले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया