दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आठ जिल्ला समेटेर बनेको मधेश प्रदेशको निर्माण एक उदाहरणिय कार्य भएको बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित नवनिर्मित पण्डित रामकुमार शास्त्री गौं सेवा आश्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मुलुकमा पहिचानमा आधारित एक मात्र मधेश प्रदेश रहेको भन्दै मन्त्री साहले यस्तो प्रदेश निर्माण अन्यत्रका लागि पनि अनुकरणिय रहने समेत बताए ।
मन्त्री साहले आठ जिल्ला मात्र समावेश गरिएको मधेश प्रदेशमा बाँकी जिल्लालाई पनि मधेश प्रदेशमा ल्याउने अभियान जारि रहने बताए । उनले प्रदेशको सिमांकनको सवालमा पार्टीले आगामी दिनमा पनि संघर्ष जारि राख्ने उद्घोष समेत गरे ।
पण्डित रामकुमार शास्त्रीद्वारा स्थापित गौशाला संचालनका लागि प्रदेश सरकारले २९ लाख ५० हजार तथा ६ लाख शास्त्री स्वमले व्यवस्था गरि संचालनमा ल्याएका हुन् । गौशालामा हाल ५१ वटा गाई रहेका छन् ।
गौशाला संचालक पण्डित शास्त्रीले गौंशालासँगै जैविक मल उत्पादनको कामलाई अघि बढाइएको जानकारी दिँदै उक्त मल स्थानियस्तरमै खपत हुने र आगामी बैशाख महिनादेखी उत्पादन सुरु गर्ने गरि काम अघि बढिसकेको बताए ।
गौशाला आश्रम निर्माण समितिका संयोजक समेत रहेका पण्डित शास्त्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, मधेश प्रदेश आमसंचार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस काउन्सीलका पूर्व सदस्य मुरली प्रसाद यादव, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोजकुमार माझी, समाजसेवी हरेकृष्ण प्रसाद सिंह, पूर्व जनस्वास्थ्य निरिक्षक भागवत प्रसाद यादवले पनि शुभकामना दिँदै गौं संरक्षणमा जोड दिए ।
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा आधारित प्रदेश ः मन्त्री साह
सारांश
- सप्तरीको रुपनी गाउँपालिका १ स्थित नवनिर्मित पण्डित रामकुमार शास्त्री गौं सेवा आश्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
- मुलुकमा पहिचानमा आधारित एक मात्र मधेश प्रदेश रहेको भन्दै मन्त्री साहले यस्तो प्रदेश निर्माण अन्यत्रका लागि पनि अनुकरणिय रहने समेत बताए ।
- मन्त्री साहले आठ जिल्ला मात्र समावेश गरिएको मधेश प्रदेशमा बाँकी जिल्लालाई पनि मधेश प्रदेशमा ल्याउने अभियान जारि रहने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया