बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
४६ पटक हेरिएको
Shares
बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय बयोबृद्ध किसान सम्मानित

सारांश

  •     राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले अयोधिलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका हुन् ।
  • उत्कृष्ट ब्यवसायीक फलफुल खेती गरेकाले उनको योगदानको उच्च मुल्याङ्कन गरि सम्मान गरिएको केन्द्रका प्रमुख यादवले बताए ।
  •       तिरहुत गाउँपालिका ४ डिमनस्थित १२ बिगहा जग्गामा करिब चार दशकदेखी नियमित खटेर विभिन्न जातका फलफुल उनले लगाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 

    बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय एक बयोबृद्ध किसानलाई शुक्रबार सम्मान गरिएको छ । शमसान घाटको रुपमा प्रयोग भइरहेको उक्त जग्गामा फलफुल खेती लगाउन सफल सप्तरीको तिरहुत गाउँपालिका ४ डिमन निवासी ९१ वर्षिय अयोधि यादवलाई कृषि ज्ञान केन्द्रले एक समारोहकाबीच सम्मान गरेको हो ।
    राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले अयोधिलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका हुन् । उत्कृष्ट ब्यवसायीक फलफुल खेती गरेकाले उनको योगदानको उच्च मुल्याङ्कन गरि सम्मान गरिएको केन्द्रका प्रमुख यादवले बताए । 
    तिरहुत गाउँपालिका ४ डिमनस्थित १२ बिगहा जग्गामा करिब चार दशकदेखी नियमित खटेर विभिन्न जातका फलफुल उनले लगाएका थिए । उनको प्रेरणाबाट अन्य गाउँले पनि बाँझो छोडिराखेको जग्गामा अहिले फलफुल खेती सुरु गरेका छन् । सम्मानित अयोधि अहिले पनि खेतीपाति मै लागेका छन् ।
    यसै उपलक्ष्यमा केन्द्र प्रमुख यादवले कार्यालय परिसरमा नवनिर्मित कृषक प्रतिक्षालय भवनको समेत उद्घाटन गरेका छन् । 
    कार्यक्रममा कृषि विज्ञ डा. देवनाथ यादव, बालि अधिकृत किसुनदेव राउत, दिनेश यादव, राष्ट्रिय कृषक महासंघका केन्द्रिय सदस्य सुमिन्द्रा चौधरी, गैसस महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादव, राष्ट्रिय कृषक महासंघ मधेश प्रदेशका सचिव भुपेन्द्र प्रसाद यादव, पत्रकार चन्दन यादव, कृषि विज्ञ एवं राजनीतिकर्मी विकास तिवारी लगायतले शुभकामना दिँदै कृषि प्रधान मुलुक भनिएपनि कृषि क्षेत्रमा सरकारबाट सो अनुसारको लगानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
सप्तरी काँग्रेसका सभापति दिनेश यादव  प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड