दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित मंगलबार दिउँसो दुई महिलालाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा चेकजाँचमा खटिएको सशस्त्रका प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट आउँदै गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ की ३८ वर्षिया कबिता दास र उनका छिमेकी २२ वर्षिया रिन्कु कुमारी दासलाई सो रकमसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको १० लाख रुँपैया बरामद भएको र दुबैलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
उनीहरुसँग ठूलो रकम कहाँबाट र कसरी आयो भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा चेकजाँचमा खटिएको सशस्त्रका प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
- सीमावर्ती भारतीय बजारबाट आउँदै गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ की ३८ वर्षिया कबिता दास र उनका छिमेकी २२ वर्षिया रिन्कु कुमारी दासलाई सो रकमसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
- शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको १० लाख रुँपैया बरामद भएको र दुबैलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया