बालक बेपत्ता हुने क्रम वृद्धि

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
६८ पटक हेरिएको
Shares
बालक बेपत्ता हुने क्रम वृद्धि

सारांश

  •     लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
  • लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ ।
  •       होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात—आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताउनुभयो ।

लहान, १६ फागुन (रासस) ।
    सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।
    लहानस्थित लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो ।
    लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ । लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ । 
    होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात—आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताउनुभयो । आफ्नो छोरा मनकामनाको होस्टेलबाट नै बेपत्ता भएको जिकिर गरे पनि उक्त बोर्डिङका सञ्चालक बद्रीनारायण चौधरीले लीलाकान्त होस्टेलबाट घर जानका लागि निस्किएको अवस्थामा बेपत्ता भएको हुनसक्ने जानकारी दिनुभयो । 
    त्यस्तै सिरहाको सखुवानन्कारकट्टीका एकै परिवारका तीन बालक विगत एक सातादेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका एक बालकलाई काठमाडौँ विराटनगर चल्ने बसमा खलासीको काम गरिरहेको अवस्थामा फेला पारेर परिवारको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । यसरी विगत एक महीनाको अवधिमा लहान क्षेत्रबाट सात बालक बेपत्ता भएका छन् । विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैङ्गिक आत्मीयता, लागुऔषध सेवन गर्ने साथीसङ्गतको प्रभाव, घरायसी विवाद, अपराधिक क्रियाकलाप, भड्किलो लवाइखवाइका कारण बालकहरू बेपत्ता हुने क्रम बढ्ेको जानकारहरूले बताए । 
    सानै उमेरमा आफू अनुकूलको काम गर्न नपाएको र घरपरिवार तथा शिक्षकहरूबाट अनुशासनमा राख्न प्रयत्न गर्न खोज्दा बालकहरू घर र विद्यालय छोडने क्रम बढ्ेको स्थानीयवासी ब्रह्मदेव साहको भनाइ थियो  । बालकहरू घर छाडी अन्यत्र गएर आपराधिक क्रियाकलाप तथा लागुऔषध सेवनलगायत कार्यमा लाग्ने गरेकाले यस विषयमा अभिभावकहरू सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
    यता प्रहरी नायब उपरीक्षक थापाले बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको बताउनुभयो । बालकहरू बढी स्वतन्त्रता खोज्न घरपरिवारबाट टाढा बस्ने उद्देश्यले बेपत्ता हुने क्रम बढ्ेको भन्दै उहाँले यस्ता घटनालाई न्युनीकरण गर्न सीमाक्षेत्रका साथै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भन्नुभयो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा