बालक बेपत्ता हुने क्रम वृद्धि

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
१११ पटक हेरिएको
Shares
बालक बेपत्ता हुने क्रम वृद्धि

सारांश

  •     लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
  • लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ ।
  •       होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात—आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताउनुभयो ।

लहान, १६ फागुन (रासस) ।
    सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।
    लहानस्थित लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो ।
    लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ । लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ । 
    होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात—आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताउनुभयो । आफ्नो छोरा मनकामनाको होस्टेलबाट नै बेपत्ता भएको जिकिर गरे पनि उक्त बोर्डिङका सञ्चालक बद्रीनारायण चौधरीले लीलाकान्त होस्टेलबाट घर जानका लागि निस्किएको अवस्थामा बेपत्ता भएको हुनसक्ने जानकारी दिनुभयो । 
    त्यस्तै सिरहाको सखुवानन्कारकट्टीका एकै परिवारका तीन बालक विगत एक सातादेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका एक बालकलाई काठमाडौँ विराटनगर चल्ने बसमा खलासीको काम गरिरहेको अवस्थामा फेला पारेर परिवारको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । यसरी विगत एक महीनाको अवधिमा लहान क्षेत्रबाट सात बालक बेपत्ता भएका छन् । विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैङ्गिक आत्मीयता, लागुऔषध सेवन गर्ने साथीसङ्गतको प्रभाव, घरायसी विवाद, अपराधिक क्रियाकलाप, भड्किलो लवाइखवाइका कारण बालकहरू बेपत्ता हुने क्रम बढ्ेको जानकारहरूले बताए । 
    सानै उमेरमा आफू अनुकूलको काम गर्न नपाएको र घरपरिवार तथा शिक्षकहरूबाट अनुशासनमा राख्न प्रयत्न गर्न खोज्दा बालकहरू घर र विद्यालय छोडने क्रम बढ्ेको स्थानीयवासी ब्रह्मदेव साहको भनाइ थियो  । बालकहरू घर छाडी अन्यत्र गएर आपराधिक क्रियाकलाप तथा लागुऔषध सेवनलगायत कार्यमा लाग्ने गरेकाले यस विषयमा अभिभावकहरू सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
    यता प्रहरी नायब उपरीक्षक थापाले बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको बताउनुभयो । बालकहरू बढी स्वतन्त्रता खोज्न घरपरिवारबाट टाढा बस्ने उद्देश्यले बेपत्ता हुने क्रम बढ्ेको भन्दै उहाँले यस्ता घटनालाई न्युनीकरण गर्न सीमाक्षेत्रका साथै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भन्नुभयो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी