दैनिक समाचारदाता
राजविराज, ४ असार ।
विगत ६ दिनदेखी धर्नामा बसेका राजविराज नगरपालिकाका कर्मचारीहरुको माग प्रति समर्थन जनाउने क्रम बढ्दै गएको छ ।
यसै क्रममा बुधबार गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका प्रत्याशी इरसाद अंसारी, लोसपाका तर्फबाट मेयर पदका प्रत्याशी तथा वर्तमान राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, समाजसेवी हितनारायण लाल दाससहित एक दर्जन सामाजिक अगुवाहरुले धर्नास्थलमै पुगेर एकयबद्धता जनाएका हुन् ।
उनीहरुले नगरपालिकामा भएको तोडफोडको भत्र्सना गर्दै कर्मचारीहरुमाथी कुटपिट र लुटपिटमा संलग्नहरुलाई पक्राउ गरि कडा कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।
राजबिराज नगरपालिकाका कर्मचारीहरुले विगत ६ दिनदेखी कुटपिट, गालीगलौज गर्नेमाथी कारवाही तथा काम गर्ने भयमुक्त वातावरणको माग गर्दै धर्ना कार्यक्रम गर्दै आएका छन् । जसकारण नगरपालिकाको कामकाज ठप्प भएको छ ।
कमर्चारीहरूले दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता नभएसम्म आन्दोलनलाई जारि राख्ने अडान लिएका छन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगरपालिका ईकाइ समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।
यस्तै कुटीपीट र लुटपीटमा संलग्नलाई पक्राउ गर्नूका साथै कर्मचारीहरुले १५ वर्ष देखी करार सेवामा कार्यरत इन्जिनीयर अशोक दासलाई कार्यपालिकाको पछिल्लो निर्णय अनुसार पुनः काममा लगाईनु पर्ने, दैनिक ज्यालादारी कर्मचारीको १६ दिनको बाँकी रहेको तलब भुक्तानी दिनु पर्ने, कुटपीट र तोडफोडमा संलग्न योजना अधिकृत मनोज यादव सहितका ब्यक्तीलाई कारवाही तथा कर्मचारीको दुर्घटना बीमाको व्यवस्था लगायतका माग समेत अघि सारेका छन ।
गत जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा भईरहेको आन्दोलनको क्रममा राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरुलाई पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट गरेका थिए ।
नगरपालिका कर्मचारीको आन्दोलन जारि
सारांश
- यसै क्रममा बुधबार गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका प्रत्याशी इरसाद अंसारी, लोसपाका तर्फबाट मेयर पदका प्रत्याशी तथा वर्तमान राष्ट्रिय मुक्ति पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, समाजसेवी हितनारायण लाल दाससहित एक दर्जन सामाजिक अगुवाहरुले धर्नास्थलमै पुगेर एकयबद्धता जनाएका हुन् ।
- उनीहरुले नगरपालिकामा भएको तोडफोडको भत्र्सना गर्दै कर्मचारीहरुमाथी कुटपिट र लुटपिटमा संलग्नहरुलाई पक्राउ गरि कडा कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।
- राजबिराज नगरपालिकाका कर्मचारीहरुले विगत ६ दिनदेखी कुटपिट, गालीगलौज गर्नेमाथी कारवाही तथा काम गर्ने भयमुक्त वातावरणको माग गर्दै धर्ना कार्यक्रम गर्दै आएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया