दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सिन्डीकेट लगाएर राजविराजस्थित गजेन्द्र चौकमा पुस्तक महल नामक पसल संचालन गरेर निजि विद्यालयका पुस्तक बिक्रि गरिरहेका पुस्तक व्यवसायी र अभिभावकबीच बुधबार साँझ होहल्लापछि झडप भएको छ ।
सो झडप र होहल्लापछि प्रहरी घटनास्थलमा पुगेपछि व्यवसायीले पुस्तक पसल बन्द गरेका थिए ।
एकलौटी ढंगले पुस्तक बिक्रि गर्दा छुट समेत नदिएर तथा दिनभरी लामो लाइनमा बसेर पनि पुस्तक उपलब्ध हुन नसक्दा अभिभावकहरु बाध्य भएर व्यवसायीसँग भनाभन भएको थियो । सो अवस्थामा दुबै पक्षबीच सामान्य झडप समेत भएको थियो ।
यता एक अभिभावक धिरेन्द्र बर्माले सप्तरी बाहेक अन्य स्थानमा पुस्तक खरीद गर्दा २० देखी २५ प्रतिशतसम्म छुट दिइरहेको बताउँदै सप्तरीमा एकलौटी रुपमा संचालित पुस्तक पसलले ग्राहकलाई ढाट्ने र ठग्ने काम गरिरहेको आरोप समेत लगाए ।
यसैगरि विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिने गरेका छैनन् ।
कुनै कक्षाको पुस्तक खरीद गर्दा सबै पुस्तक समेत उपलब्ध गराउन नसकेको सो पुस्तक पसलले विगत एक सातादेखी सप्तरीका अभिभावक तथा विद्यार्थीलाई मार्कामा पार्दै आइरहेको छ ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ आवद्ध केही व्यापारीहरुले बजारमा एकल बर्चश्व कायम गर्दै पुस्तकमा सिन्डीकेट लगाएका छन् । जसकारण व्यापारीको मनोमानीले अभिभावक महंगो पुस्तक किन्न बाध्य छन् ।
यता पुस्तकमा सिन्डीकेट लगाएको भन्दै विभिन्न मिडियामा समाचार सम्प्रेसन भएपछि सप्तरी प्रशासनले बुधबार उक्त पुस्तक पसलमा अनुगमन समेत गरेको छ । तर, अनुगमन गरेपश्चात्को प्रतिवेदन प्रशासनले सार्वजनिक गर्न सकेको छैन् ।
सिन्डीकेट लगाएर पुस्तक बिक्रि गरिरहेका व्यवसायी र अभिभावकबीच झडप
सारांश
- सो झडप र होहल्लापछि प्रहरी घटनास्थलमा पुगेपछि व्यवसायीले पुस्तक पसल बन्द गरेका थिए ।
- एकलौटी ढंगले पुस्तक बिक्रि गर्दा छुट समेत नदिएर तथा दिनभरी लामो लाइनमा बसेर पनि पुस्तक उपलब्ध हुन नसक्दा अभिभावकहरु बाध्य भएर व्यवसायीसँग भनाभन भएको थियो ।
- सो अवस्थामा दुबै पक्षबीच सामान्य झडप समेत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया