दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका ४ छपकी भतौलस्थित आधारभुत विद्यालयमा पर्याप्त शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको छ ।
सो विद्यालयमा निमावितर्फ शिक्षको अभावले लामो समय देखी पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा निमावितर्फ अंग्रजी, गणित, विज्ञान र नेपाली विषयको शिक्षकको अभाव छ ।
बाल विकास देखी ८ कक्षा सम्म पढाई हुने विद्यालयमा १ सय ८० छात्र र १ सय १९ छात्रा गरी कुल ३ सय ७६ जना विद्यार्थी छन । विद्यालयमा प्राविका ५, राहतका १ र बालविकास तर्फका २ गरी जम्मा ८ जना शिक्षक छन् ।
निमावितर्फ शिक्षकको अभाव हुदा अहिले प्राविका शिक्षकहरुबाटै जसोतसो काम चलाउनु परिरहेको प्रधानाध्यापक बालकृष्ण यादवले जानकारी दिए ।
प्रधानाध्यापक यादवले निमावितर्फ कम्तीमा ३ जना शिक्षकको आवश्यक्ता रहेपनि सोको व्यवस्था हुन नसक्दा समस्या भईरहेको बताए । शिक्षक अभावले निमावितर्फको पठन पाठनमा समस्या भएपछी प्रावि तर्फ कै शिक्षकबाट सके सम्म सबै विषय पढाउने प्रयास भइरहेको उनको भनाइ छ ।
उनले विद्यालयमा रहेको २ मध्ये १ शौचालय पनि जीर्ण भई बन्द अवस्थामा रहेको सुनाए । छात्राले प्रयोग गर्ने शौचालय जसोतसो संचालनमा ल्याइए पनि छात्र तथा विद्यालयका शिक्षक र कर्मचारीले प्रयोग गर्ने शौचालय अति जीर्ण भइ हाल बन्द अवस्थामा रहेको उनले बताए ।
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
सारांश
- सो विद्यालयमा निमावितर्फ शिक्षको अभावले लामो समय देखी पढाइ प्रभावित भइरहेको छ ।
- विद्यालयमा निमावितर्फ अंग्रजी, गणित, विज्ञान र नेपाली विषयको शिक्षकको अभाव छ ।
- बाल विकास देखी ८ कक्षा सम्म पढाई हुने विद्यालयमा १ सय ८० छात्र र १ सय १९ छात्रा गरी कुल ३ सय ७६ जना विद्यार्थी छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया