दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
श्रोत नखुलेको १० लाख रुँपैयासहित दुई महिला पक्राउ परेको एक साता नबित्दै पुन: श्रोत नखुलेको तीन लाख रुँपैयासहित सोमबार एक महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिया गितादेवी महतो छिन् । सीमावर्ती भारतीय कुनौली बजारबाट बिहान ११ बजेतिर पैदलै आउँदै गरेकी महतोलाई श्रोत नखुलेको तीन लाखसहित तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाडो खोला क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेकी महतोमाथी शंका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी सहायक निरिक्षक रामनारायण महतो नेतृत्वमा महिला प्रहरीसहितको टोलीले चेकजाच गर्दा महिलाले भित्री बस्त्रमा लुकाएको तीन लाख रुँपैया बरामद गरेको हो ।
पक्राउ परेकी महिलालाई आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
यसअघि फागुन ११ गते पनि सोही क्षेत्रबाट श्रोत नखुलेको १० लाख रुँपैयासहित सोही गाउँपालिकाकी ३८ वर्षिया कबिता दास र २२ वर्षिया रिंकु दास पक्राउ परेकी थिइन् ।
सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले हुन्डि कारोबारमा संलग्न भएको आंशका रहेपनि यस बारेमा नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धान हुने जानकारी दिए ।
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिया गितादेवी महतो छिन् ।
- सीमावर्ती भारतीय कुनौली बजारबाट बिहान ११ बजेतिर पैदलै आउँदै गरेकी महतोलाई श्रोत नखुलेको तीन लाखसहित तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाडो खोला क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
- भारतबाट नेपाल आउँदै गरेकी महतोमाथी शंका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी सहायक निरिक्षक रामनारायण महतो नेतृत्वमा महिला प्रहरीसहितको टोलीले चेकजाच गर्दा महिलाले भित्री बस्त्रमा लुकाएको तीन लाख रुँपैया बरामद गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया