कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप

राजविराज राजविराज
|
मंगलबार, पौष २२, २०८२
|
|
८५ पटक हेरिएको
Shares
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप

सारांश

  •     उनीहरुले चौकिदार मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन ।
  •       कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए ।
  • यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली प्रति केजी २ सय ५० का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    कारागार कार्यालय सप्तरीका कैदीबन्दीले आफुहरुले पाउने विभिन्न सेवा सुविधा रकम तथा सामग्रीमा चौकिदारले अनियमितता गर्ने गरेको आरोप लगाएका छन । उनीहरुले सो प्रकरणबारे उचित छानवीन हुनु पर्ने माँग समेत गरेका छन । 
    उनीहरुले चौकिदार मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन । 
    कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए । यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली प्रति केजी २ सय ५० का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ । यतिमात्र होइन, चिसो मौसमलाई ध्यानमा राखी सरकारले कपडाका लागी प्रति कैदीबन्दी २ हजार ५ सयका दरले पठाइएको रकममा पनि आर्थिक अनियमितता भएको कैदीबन्दीको गुनासो छ । 
    यसै विषयलाई लिएर अघिल्लो दिन सोमवार साँझ हो–हल्ला भएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले स्थिती नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । उनले कैदीबन्दीको माग अनुसार चौकिदारको सरुवा गरिएपछि कारागारको तनाव साम्य भएको बताए । 
    यता पाँच दिन अघि मात्र जिम्मेवारी सम्हालेका निमित्त जेलर शुशिल कर्णले कैदीबन्दीको गुनासो आएपछि दुबै चौकिदारलाई “क” ब्लकबाट हटाएर अनुसन्धान भइरहेको बताए । उनले राशन सामग्रीमा मनपरी मूल्य चौकिदारले लिएको गुनासो पछी कारागार भित्र राशन सामग्रीको उचित मुल्य कायम गरी मूल्य सुची नै टाँस गरिएको बताए । 
    उनले कपडा वापतको रकम सम्बन्धमा कैदीबन्दीले लगाएको आरोप पनि छानवीन भईरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
काँग्रेसकै कार्यकर्ताबाट कार्यक्रमस्थल मै  सांसद तेजुलाल चौधरीमाथी हातपात
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी