कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप

राजविराज राजविराज
|
मंगलबार, पौष २२, २०८२
|
|
५० पटक हेरिएको
Shares
कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप

सारांश

  •     उनीहरुले चौकिदार मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन ।
  •       कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए ।
  • यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली प्रति केजी २ सय ५० का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    कारागार कार्यालय सप्तरीका कैदीबन्दीले आफुहरुले पाउने विभिन्न सेवा सुविधा रकम तथा सामग्रीमा चौकिदारले अनियमितता गर्ने गरेको आरोप लगाएका छन । उनीहरुले सो प्रकरणबारे उचित छानवीन हुनु पर्ने माँग समेत गरेका छन । 
    उनीहरुले चौकिदार मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन । 
    कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए । यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली प्रति केजी २ सय ५० का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ । यतिमात्र होइन, चिसो मौसमलाई ध्यानमा राखी सरकारले कपडाका लागी प्रति कैदीबन्दी २ हजार ५ सयका दरले पठाइएको रकममा पनि आर्थिक अनियमितता भएको कैदीबन्दीको गुनासो छ । 
    यसै विषयलाई लिएर अघिल्लो दिन सोमवार साँझ हो–हल्ला भएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले स्थिती नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । उनले कैदीबन्दीको माग अनुसार चौकिदारको सरुवा गरिएपछि कारागारको तनाव साम्य भएको बताए । 
    यता पाँच दिन अघि मात्र जिम्मेवारी सम्हालेका निमित्त जेलर शुशिल कर्णले कैदीबन्दीको गुनासो आएपछि दुबै चौकिदारलाई “क” ब्लकबाट हटाएर अनुसन्धान भइरहेको बताए । उनले राशन सामग्रीमा मनपरी मूल्य चौकिदारले लिएको गुनासो पछी कारागार भित्र राशन सामग्रीको उचित मुल्य कायम गरी मूल्य सुची नै टाँस गरिएको बताए । 
    उनले कपडा वापतको रकम सम्बन्धमा कैदीबन्दीले लगाएको आरोप पनि छानवीन भईरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
दलित आरक्षण हासिल गरेकोप्रति आभार व्यक्त 
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो