सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने

राजविराज राजविराज
|
आइतबार, चैत्र १५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने

सारांश

  •     आयोजित उक्त पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक किशोरी महतोले पूर्व यूवराज पारस जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर लगायतका धार्मिक स्थलको दर्शनमा पहिले सहभागि भएपछि कंचनरुप नगरपालिकाको बरमझिया खेल मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको जानकारी दिए ।
  •       पत्रकार सम्मेलनमा राम हनुमान आराधना मण्डलका अध्यक्ष रामेश्वर यादवले समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।
  •       अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंहले उक्त अवसरमा विभिन्न स्थानका साधुसन्त लगायत गरि १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गर्दै समारोहमा पूर्व युवराज्ञी हिमानी शाहसमेतको सहभागिता रहने सम्भावना रहेपनि यसबारे टुङ्गोचाही लागि नसकेको जानकारी दिए ।

    राजविराज/सप्तरीमा धार्मिक भ्रमणका आउने तय भएको पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ । 
    चैत १८ गते राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका छन् । 
    सो बारे जानकारी गराउने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक डा. देवनारायणले नागरिक अभिनन्दनका लागि ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको बताएका छन् । 
    आयोजित उक्त पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक किशोरी महतोले पूर्व यूवराज पारस जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर लगायतका धार्मिक स्थलको दर्शनमा पहिले सहभागि भएपछि कंचनरुप नगरपालिकाको बरमझिया खेल मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको जानकारी दिए । 
    पत्रकार सम्मेलनमा राम हनुमान आराधना मण्डलका अध्यक्ष रामेश्वर यादवले समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् । 
    अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंहले उक्त अवसरमा विभिन्न स्थानका साधुसन्त लगायत गरि १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गर्दै समारोहमा पूर्व युवराज्ञी हिमानी शाहसमेतको सहभागिता रहने सम्भावना रहेपनि यसबारे टुङ्गोचाही लागि नसकेको जानकारी दिए । 
    पत्रकार सम्मेलनमा आराधना मण्डल एवं अभियानका अगुवा छोटेलाल साह, राजु हमाल ठकुरी, हरिप्रसाद बडाल, सीताराम खत्वे, कैलीदेवी सरदारनी, बिनोद यादव, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगरसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित एक युवक पक्राउ
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
सप्तरीबाट प्रश्नपत्र आउट भएको छैन ः प्रजिअ पौडेल
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
तलब माग्दै पालिकाका सबै शिक्षकहरुद्वारा गेट अगाडी धर्ना, सात हजार ८ सय ७३ विद्यार्थी पठनपाठनबाट बञ्चित 
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी