प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो

राजविराज राजविराज
|
शुक्रबार, माघ ९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो

सारांश

  •     नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उनले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट समेत पारे ।
  •     एक अर्को प्रसङ्गमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै नेता महतोले अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको बताउानुभयो ।
  • पहिले अदालतको निर्णय आओस् त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुने उनको कथन छ ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।    
    जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् ।            राजविराजमा शुक्रबार प्रेस मञ्च तथा प्रेस नेपालद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो आरोप लगाउँदै स्वेच्छाचारी भएका कारण हिटलरको जसरी पतन भयो त्यसरी नै संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित रहेको भने । 
    नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उनले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट समेत पारे ।
    एक अर्को प्रसङ्गमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै नेता महतोले अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको बताउानुभयो । पहिले अदालतको निर्णय आओस् त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुने उनको कथन छ ।  
    मुलुकलाई सबैको साझा बनाउनका लागि सर्वस्विकार्य संविधान बनाउने उद्देश्यका साथ वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको नेता महतोको भनाई छ । 
    पत्रकार सम्मेलनमा जसपाका नेतृ रेणु यादव, कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष समुन लगायतका नेता सहभागि थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ