ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात

राजविराज राजविराज
|
मंगलबार, आषाढ १७, २०८२
|
|
७९ पटक हेरिएको
Shares
ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात

सारांश

  •     धुवाँरहित पालिका बनाउने उद्देश्यले पालिका भित्रका विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण गरिएको हो ।
  •     गाउँपालिका परिसरमा आयोजित विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले वडा नम्बर ५ का एक सय २० परिवारलाई ग्यास चुलो वितरण गरेका छन् ।
  •     ग्यास चुलो वितरण गर्दै अध्यक्ष यादवले धुवाँ मुक्त पालिका बनाउने नीति अनुसार गरिव तथा विपन्न परिवारलाई निशुल्क ग्यास चुलो वितरण गरिएको बताए ।

दीपा यादव÷आरके यादव (प्रशिक्षार्थी पत्रकार)
राजविराज, १६ असार । 

    सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ का एक सय २० परिवारलाई सोमबार ग्यास चुलो वितरण गरिएको छ ।
    धुवाँरहित पालिका बनाउने उद्देश्यले पालिका भित्रका विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण गरिएको हो ।
    गाउँपालिका परिसरमा आयोजित विभिन्न परिवारहरुलाई ग्यास चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले वडा नम्बर ५ का एक सय २० परिवारलाई ग्यास चुलो वितरण गरेका छन् ।
    ग्यास चुलो वितरण गर्दै अध्यक्ष यादवले धुवाँ मुक्त पालिका बनाउने नीति अनुसार गरिव तथा विपन्न परिवारलाई निशुल्क ग्यास चुलो वितरण गरिएको बताए ।
    यसले घर परिवारलाई धुवाँमुक्त बनाउने, स्वास्थ्यमा सुधार ल्याउने र दाउराको प्रयोग कम हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । उनले यो कार्यक्रम निरन्तर जारी राख्ने प्रतिवद्धता समेत जनाए ।
    पालिका भित्रका सबै गरिव विपन्न परिवारलाई ग्यास चुलो उपलब्ध गराईने बताउँदै वडा नम्बर १ मा २७९, वडा नम्बर २ मा २१९, वडा नम्बर ३ मा १३९, वडा नम्बर ४ मा २२३, वडा नम्बर ५ मा २३०, वडा नम्बर ६ मा २३० र वडा नम्बर ७ मा २१९ परिवार गरि कूल एक हजार पाँच सय ३९ परिवारलाई ग्यास चुलो वितरण गरिने अध्यक्ष यादवले जानकारी दिए ।
    उनले आगामी आर्थिक बर्षमा महिला सशक्तिकरण योजना अन्तर्गत ग्यास सिलिण्डर पनि वितरण गरिने प्रतिवद्धता जनाए ।
    ग्यास चुलो पाएपछि खुशी व्यक्त गर्दै स्थानियहरुले अव खाना पकाउनमा समय कम लाग्ने, दाउराको प्रयोग घट्ने र स्वच्छ उर्जाको प्रयोग हुनुका साथै स्वस्थ्य जिवन शैलीको शुरुवात पनि हुने बताए ।
    पलिकाको सानो सहयोगले महिलाको अवस्थामा सुधार आउनुका साथै धुवाँ मुक्त समाज बनाउनमा ठुलो सहयोग पुगेको स्थानिय अनिता देवी साहको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो
बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?