दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाँडो खोला क्षेत्रबाट सुन चाँदीका गरगहना र भारतीय रुपैया सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नं. १० का १६ वर्षिय रिकेश श्रेष्ठ, लमजुङ्गको राइनास गाउँपालिका २ का १८ वर्षिय रोशन शाही ठकुरी र रामेछापको सुनपाती गाउँपालिका ६ का १७ वर्षिय उत्सव पाण्डे छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीबाट खटेको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको उनीहरुमाथी शंका लागी चेकजाँच गर्दा झोलाबाट ३१ ग्राम सुन र १ सय ८८ ग्राम चाँदीको गरगहना बरामद गरेको छ ।
यस्तै उनीहरुको साथबाट ४ थान मोवाइल तथा भारतीय रुपैया ३ लाख ५५ हजार ३ सय ५१ रुपैया (नेपाली रुपैया ५ लाख ६८ हजार ५ सय ६३) समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन राज विस्टले जानकारी दिए ।
उनीहरु तीन दिन अघि नै पक्राउ परेपनि अनुसन्धानका लागी पठाइएको इटहरी स्थित राजश्व अनुसन्धानका कार्यालयबाट बुधवार मात्र सुन चाँदी र त्यसको तौल पुस्टी भएको विवरण प्राप्त भएकाले ढिलो गरी घट्ना विवरण सार्वजनिक गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नं.
- १० का १६ वर्षिय रिकेश श्रेष्ठ, लमजुङ्गको राइनास गाउँपालिका २ का १८ वर्षिय रोशन शाही ठकुरी र रामेछापको सुनपाती गाउँपालिका ६ का १७ वर्षिय उत्सव पाण्डे छन् ।
- सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीबाट खटेको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको उनीहरुमाथी शंका लागी चेकजाँच गर्दा झोलाबाट ३१ ग्राम सुन र १ सय ८८ ग्राम चाँदीको गरगहना बरामद गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया