दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत प्रदेश स्तरिय महिला छनौट क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा सर्लाहीले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ ।
सम्पन्न पहिलो खेलमा सर्लाहीले टसजिती सप्तरी बिरुद्ध पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेल १५ ओभरमा ५ बिकेटको नोक्सानीमा २ सय १५ रन बनाएका थिए । सर्लाहीका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौक्का मद्धतले अविजित ७८ रनको योगदान दिएका थि भने श्रेया थापा १९ रनमा अविजित रहेका थिए ।
बलिंगतर्फ सप्तरीका नविता चौधरीले ३ बिकेट तथा सिता चौधरीले १ बिकेट लिएका थिए । सप्तरीले निर्धारित समय भन्दा ढिलो ओभररेटका कारण स्थानीय अवस्थालाई आधार मानी प्रति ओभर १० रनका दरले कुल ५० रन पेनाल्टी वापत दिएका थिए ।
२ सय १६ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरी १६ ओभरमा ९ बिकेट गुमाई १ सय ४६ रन बनाएका थिए । सर्लाहीले समेत ढिलो ओभररेटका कारण १० रनका दरले कुल ४० रन पेनाल्टी वापत दिएका थिए । सप्तरीका नविता चौधरी ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ सर्लाहीका दुर्गा कार्की र दिया बिकले सामान २ बिकेट तथा मिनिका कुमारी साह, यमुना श्रेष्ठ र सरला श्रेष्ठले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत सर्लाहीका मेलिना रायमाझी भएका थिए ।
यस्तै बिहिवारै सम्पन्न अर्को खेलमा बाराले सिरहा बिरुद्ध टसजिती बाराले ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेट गुमाई ८४ रन बनाएका थिए । बाराका लागि साना प्रविनले ६३ बलमा ३ चौक्काको मद्धतले अविजित ३३ रन बनाएका थिए भने चान्दनी अधिकारीले १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ सरस्वती चौधरीले २ बिकेट तथा सन्तोषी चौधरी र कविता गौतमले १÷१ बिकेट लिएका थिए ।
८५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १० ओभर ५ बलमा १ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि अनुराधा चौधरीले २७ बलमा ६ चौक्काको मद्धतले ३८ रन बनाएका थिए भने उर्मिला चौधरीले ३५ बलमा ३ चौक्काको मद्धतले २६ रनको योगदान दिएका थिए । दुवै खेलाडि अविजित रहेका थिए ।
खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत सिरहाका अनुराधा चौधरी म्यान अफ द म्याच भएका थिए ।
प्रदेश स्तरीय महिला क्रिकेटमा सर्लाही र बारा बिजयी
सारांश
- सम्पन्न पहिलो खेलमा सर्लाहीले टसजिती सप्तरी बिरुद्ध पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेल १५ ओभरमा ५ बिकेटको नोक्सानीमा २ सय १५ रन बनाएका थिए ।
- सर्लाहीका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौक्का मद्धतले अविजित ७८ रनको योगदान दिएका थि भने श्रेया थापा १९ रनमा अविजित रहेका थिए ।
- बलिंगतर्फ सप्तरीका नविता चौधरीले ३ बिकेट तथा सिता चौधरीले १ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया