गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक

राजविराज राजविराज
|
आइतबार, माघ २०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक

सारांश

  •     सार्वजनिक गरिएकाहरु भारतको बिहार राज्य सिपौल जिल्लाका ६५ वर्षिया उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लाल बहादुर राय छन् ।
  •       यद्यपी पक्राउ परेकाहरु आफुहरु गाँजा सीमापारी पु¥याउने भरिया मात्र रहेको र गोली चलाउने भारतीय नागरिकहरु फरार भएको बयान दिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
  • यता पक्राउ परेकाहरुले एक बोरा गाँजा सीमावर्ती भारतीय बजारमा पु¥याउँदा आफुहरुले जनही २÷२ हजार रुपैयाँका दरले भारतीय तस्करहरुबाट पारश्रमिक पाउने गरेको संचारकर्मीलाई बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित गोबरगाढामा तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि गोली हानाहान गर्ने तस्कर समूहका तीन जनालाई आईतवार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ ।
    सार्वजनिक गरिएकाहरु भारतको बिहार राज्य सिपौल जिल्लाका ६५ वर्षिया उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लाल बहादुर राय छन् । 
    यद्यपी पक्राउ परेकाहरु आफुहरु गाँजा सीमापारी पु¥याउने भरिया मात्र रहेको र गोली चलाउने भारतीय नागरिकहरु फरार भएको बयान दिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । यता पक्राउ परेकाहरुले एक बोरा गाँजा सीमावर्ती भारतीय बजारमा पु¥याउँदा आफुहरुले जनही २÷२ हजार रुपैयाँका दरले भारतीय तस्करहरुबाट पारश्रमिक पाउने गरेको संचारकर्मीलाई बताएका छन् ।
    भारतीय सीमासँग  जोडिएको गोबरगाढामा शुक्रवार राती ८ बजेतिर तस्करहरु गाँजा लिएर भारततर्फ लैजादै गरेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीमाथि तस्करहरुले गोली प्रहार गरेको थियो । सो क्रममा प्रहरीबाट पनि जवाफी कारवाही भएको थियो । 
    उक्त घटनामा कुनै मानवीय क्षति भएको थिएन । दुई जना तस्करहरु अंध्यारोको फाइदा उठाई भारततर्फ भाग्न सफल भएपनि तीन जनालाई घेरा हाली प्रहरीले घटनास्थलबाट ४१ केजी गाँजा सहि पक्राउ गरेको थियो । 
    पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार तस्करहरुको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरु उपर लागुऔषध मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
एक सय ३५ विपन्न छोरीलाई साइकल
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
बाढीमा वेपत्ता भएका लालुको शव फेला
बाढीमा वेपत्ता भएका लालुको शव फेला
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
सहिद परिवारलाई सहयोग जुट्दै
सहिद परिवारलाई सहयोग जुट्दै
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी