रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
७८ पटक हेरिएको
Shares
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 

सारांश

  •     पालिका र विद्युत प्राधिकरणबीच किसानहरुले सिंचाई प्रयोजनका लागी प्रयोग गर्ने विद्युतको महसुल गाउँपालिकाले तिर्ने सम्झौता भएको पालिका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् ।
  •       गाउँपालिका भित्र संचालित सिंगल फेज कुषि मिटरको सबै किसानको मासिक खपत विद्युत महसुल गाउँपालिका कार्यालयले नै व्यहोर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।
  •       किसानलाई राहत र प्रोत्साहन प्रदान गर्न गत फागुन ३ गते नै वसेको पालिकाको विशेष गाउँसभाबाट यस्तो निर्णय भएको अध्यक्ष यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज ३० चैत । 

    सप्तरीको रुपनी गाउँपालिकाले किसानद्वारा सिंचाईका लागी प्रयोग गरिने विद्युतको महसुल तिरि दिने निर्णय गरेको छ ।
    पालिका र विद्युत प्राधिकरणबीच किसानहरुले सिंचाई प्रयोजनका लागी प्रयोग गर्ने विद्युतको महसुल गाउँपालिकाले तिर्ने सम्झौता भएको पालिका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् । 
    गाउँपालिका भित्र संचालित सिंगल फेज कुषि मिटरको सबै किसानको मासिक खपत विद्युत महसुल गाउँपालिका कार्यालयले नै व्यहोर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए । 
    किसानलाई राहत र प्रोत्साहन प्रदान गर्न गत फागुन ३ गते नै वसेको पालिकाको विशेष गाउँसभाबाट यस्तो निर्णय भएको अध्यक्ष यादवले बताए । यो सुविधा प्राप्त गर्न किसानले सम्झौता लागु हुनु पुर्वको २०७९ माघ सम्मको आप्mनो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने लेखा अधिकृत श्याम सुन्दर यादवले बताएका छन् । 
    यो सुविधा पाउन किसानले नागरिकता प्रमाण पत्र र लालपुर्जाको प्रतिलिपी तथा सम्बन्धित वडाको वडाअध्यक्षको सिफारिस समेत पेश गर्नु पर्ने उनले बताए । 
    गाउँपालिका अध्यक्ष यादवले आपूmहरु निर्वाचनका वेलामा जनताको बीच गरेको प्रतिवद्धता बमोजिम गाउँवासीलाई राहत र सुविधा दिन क्रमिक रुपमा विभिन्न योजना अघि सारेको बताएका छन् । ६ वटा वडा रहेको सो पालिकामा झण्डै ४ हजार परिवार कृषि पेशामा संलग्न रहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
दुई सय ५० अति विपन्न परिवारलाई जाडो छल्न ऊनी कम्बल प्रदान
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
लाख भन्दा बढीको पटाका बरामद
लाख भन्दा बढीको पटाका बरामद
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन