रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 

राजविराज राजविराज
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
११५ पटक हेरिएको
Shares
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 

सारांश

  •     पालिका र विद्युत प्राधिकरणबीच किसानहरुले सिंचाई प्रयोजनका लागी प्रयोग गर्ने विद्युतको महसुल गाउँपालिकाले तिर्ने सम्झौता भएको पालिका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् ।
  •       गाउँपालिका भित्र संचालित सिंगल फेज कुषि मिटरको सबै किसानको मासिक खपत विद्युत महसुल गाउँपालिका कार्यालयले नै व्यहोर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।
  •       किसानलाई राहत र प्रोत्साहन प्रदान गर्न गत फागुन ३ गते नै वसेको पालिकाको विशेष गाउँसभाबाट यस्तो निर्णय भएको अध्यक्ष यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज ३० चैत । 

    सप्तरीको रुपनी गाउँपालिकाले किसानद्वारा सिंचाईका लागी प्रयोग गरिने विद्युतको महसुल तिरि दिने निर्णय गरेको छ ।
    पालिका र विद्युत प्राधिकरणबीच किसानहरुले सिंचाई प्रयोजनका लागी प्रयोग गर्ने विद्युतको महसुल गाउँपालिकाले तिर्ने सम्झौता भएको पालिका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् । 
    गाउँपालिका भित्र संचालित सिंगल फेज कुषि मिटरको सबै किसानको मासिक खपत विद्युत महसुल गाउँपालिका कार्यालयले नै व्यहोर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए । 
    किसानलाई राहत र प्रोत्साहन प्रदान गर्न गत फागुन ३ गते नै वसेको पालिकाको विशेष गाउँसभाबाट यस्तो निर्णय भएको अध्यक्ष यादवले बताए । यो सुविधा प्राप्त गर्न किसानले सम्झौता लागु हुनु पुर्वको २०७९ माघ सम्मको आप्mनो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने लेखा अधिकृत श्याम सुन्दर यादवले बताएका छन् । 
    यो सुविधा पाउन किसानले नागरिकता प्रमाण पत्र र लालपुर्जाको प्रतिलिपी तथा सम्बन्धित वडाको वडाअध्यक्षको सिफारिस समेत पेश गर्नु पर्ने उनले बताए । 
    गाउँपालिका अध्यक्ष यादवले आपूmहरु निर्वाचनका वेलामा जनताको बीच गरेको प्रतिवद्धता बमोजिम गाउँवासीलाई राहत र सुविधा दिन क्रमिक रुपमा विभिन्न योजना अघि सारेको बताएका छन् । ६ वटा वडा रहेको सो पालिकामा झण्डै ४ हजार परिवार कृषि पेशामा संलग्न रहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी