राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ

राजविराज राजविराज
|
सोमबार, भाद्र २, २०८२
|
|
२१ पटक हेरिएको
Shares
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नं.
  • ११ लंका टोल बस्ने अन्दाजी ३३ बर्षीय मो.
  • खुर्शिद आलम छन् ।

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 

    राजविराज विमानस्थलबाट सोमबार विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नं. ११ लंका टोल बस्ने अन्दाजी ३३ बर्षीय मो. खुर्शिद आलम छन् ।
    राजविराजबाट काठमाडौं जान लागेका आलमको साथबाट साउदी रियाल ३५ हजार ९ सय ७६ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
    पक्राउ परेका आलमसँगको रकमको वैधताको पुष्टि नभएको हुँदा आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?