सूर्यनाथ पुन: माओवादीमै फर्किए

राजविराज राजविराज
|
सोमबार, श्रावण २५, २०७८
|
|
१६ पटक हेरिएको
Shares
सूर्यनाथ पुन: माओवादीमै फर्किए

सारांश

  •     वि.
  • स.
  • २०७१ सालमा मओवादी पार्टी परित्याग गरि यादव तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
    तत्कालिन माओवादीका सप्तरी जिल्ला इन्चार्ज सूर्यनाथ यादव पुन: सोही पार्टीमा फर्किएका छन् । काठमाडौमा आइतबार आयोजित एक कार्यक्रम बीच यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । 
    वि.स. २०७१ सालमा मओवादी पार्टी परित्याग गरि यादव तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । माओवादी केन्द्र प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य थिए । 
    पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मातृका प्रसाद यादव, शिव कुमार मण्डल, अशोक मण्डल, शिवराम यादव, महेश यादव, अरुण कुमार साह, छेदी रजकसहितका उपस्तिथि रहेको थियोे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?