स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी

राजविराज राजविराज
|
बिहिबार, आश्विन १८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी

सारांश

  •     नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत अनुसन्धाका सिलसिलामा प्रहरी हिरासतमा रहेका आफ्ना कर्मचारीको बचाउ गर्दै घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग समेत गरेकी छिन् ।
  •       प्रहरीले ठाकुरलाई सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा पाँच दिनको म्याद थपि अनुसन्धान गरिरहेका बेला नगरपालिकाको यस्तो बिज्ञप्ति आएको हो ।
  •       सो नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक राजनारायण ठाकुर चढेको लु.

दैनिक समाचारदाता
राजविराज, १८ असोज । 

    सप्तरीको बोदेबरसाइन नगरपालिकाले पालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजेको दाबी गरेको छ । 
    नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत अनुसन्धाका सिलसिलामा प्रहरी हिरासतमा रहेका आफ्ना कर्मचारीको बचाउ गर्दै घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग समेत गरेकी छिन् । 
    प्रहरीले ठाकुरलाई सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा पाँच दिनको म्याद थपि अनुसन्धान गरिरहेका बेला नगरपालिकाको यस्तो बिज्ञप्ति आएको हो । 
    सो नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक राजनारायण ठाकुर चढेको लु.५५प.५४३९ नम्बरको मोटरसाइकलबाट असोज १२ गते प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट २७ वटा र स्पासमो ट्याब्लेट १५ वटा प्रहरीले बरामद गरेको थियो । 
    स्वास्थ्य शाखाकै प्रमुख नै लागु औषधसहित पक्राउ परेपछि नगरपालिकाले आफ्नो स्तरबाट पनि छानबिन सुरु गरेको थियो । विज्ञप्तिमा स्वास्थ्य शाखा संयोजक ठाकुरको सवारीसाधनमा लागु औषध फेला परेको विषयलाई गम्भिरतापूर्वक छानबिन गर्दा उनको कुनै संलग्नता नरहेको निष्कर्षमा पुगेको उल्लेख छ । 
    त्यस्तै निज ठाकुरलाई कसैले फसाउन खोज्ने उद्देश्यले त्यस्तो षडयन्त्र रचेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य शाखा संयोजक ठाकुर कुशल ब्यवहार तथा असल बानी ब्यहोराका कर्मचारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनलाई फसाउन कसैले नियतबस त्यस्तो काम गरेको दाबी समेत गरिएको छ । 
    पुरानो रिसिबी तथा उनको चरित्र हत्या गर्ने मनसायले उनका विपक्षिको संलग्नतामा लागु औषध राखेर फसाइएको हो, विज्ञप्तिमा भनिएको छ–यसको सुरक्षा तथा अन्य सरोकारवाला निकायबाट सुक्ष्म अनुसन्धान गरि दोषिलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं । 
    यसअघि बुधबार नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम, एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन सप्तरीले संयुक्त विज्ञप्ति जारि गर्दै स्वाथ्य संयोजक ठाकुरको रिहाईको माग गरेका छन् ।
    सुनियोजित ढंगबाट लागु पदार्थ ओसारपोसार अभियोगमा प्रहरीले स्वास्थ्यकर्मी ठाकुरलाई पक्राउ गरेको आरोप लगाउँदै विज्ञप्तिमा आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मीलाई पक्राउ गर्न निन्दनीय भएको ठहर गरिएको छ । 
    विज्ञप्तिमा स्वास्थ्य अधिकृत ठाकुर विभिन्न रोगबाट ग्रसित रहेको भन्दै चिकित्सकको सल्लाहमा स्वास्थ्य परिक्षण तथा नियमित औषधी सेवन गर्नु परेको हुँदा उनलाई रिहा गर्न माग गर्दै रिहा नगरिए स्वास्थ्यकर्मीहरु संघर्षका लागि बाध्य हुने जनाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई 
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो
३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान