विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 

राजविराज राजविराज
|
शनिबार, जेठ १३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 

सारांश

  •     मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरुले उचित क्षतिपुर्ती तथा लापरवाही गर्ने प्रिन्सीपल र शिक्षकमाथी कारवाहीको माग गर्दै आक्रमक ढंगले प्रदर्शन गरेका हुन् ।
  •       घटना विवरण अनुसार राजविराज नगरपालिका वडा ५ सँग जोडिएको विष्णुपुर गाउँपालिकास्थित शिब्स इन्टरनेशनल बोडिङ्ग स्कुलमा कक्षा १० मा अध्यनरत १७ वर्षिय राजा भन्ने पेशलानन्द यादवलाई विहान ७ बजे तीर करेन्ट लागेको थियो ।
  •       करेन्ट लागेर अचेत भएका यादवलाई तत्कालै उपचारका लागी स्थानीय छिन्नमस्ता अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।

    विद्यालय प्रशासनको लापरवाहीले एक विद्यार्थीको मृत्यु भएको भन्दै राजविराज–कुनौली सडक खण्ड शुक्रबार बिहानैदेखी प्रदर्शनका कारण अवरुद्ध भएको छ । 
    मृतकका आफन्त तथा आक्रोशित विद्यार्थीहरुले उचित क्षतिपुर्ती तथा लापरवाही गर्ने प्रिन्सीपल र शिक्षकमाथी कारवाहीको माग गर्दै आक्रमक ढंगले प्रदर्शन गरेका हुन् । 
    घटना विवरण अनुसार राजविराज नगरपालिका वडा ५ सँग जोडिएको विष्णुपुर गाउँपालिकास्थित शिब्स इन्टरनेशनल बोडिङ्ग स्कुलमा कक्षा १० मा अध्यनरत १७ वर्षिय राजा भन्ने पेशलानन्द यादवलाई विहान ७ बजे तीर करेन्ट लागेको थियो । 
    करेन्ट लागेर अचेत भएका यादवलाई तत्कालै उपचारका लागी स्थानीय छिन्नमस्ता अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 
    मृतकका भाई रोशनका अनुसार विद्यालय अगाडी रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रवार विद्यालय प्रशासनद्वारा आयोजना गरीएको अन्तरकक्षा क्रिकेट प्रतियोगिता सूरु गर्ने क्रममा साउण्ड सिस्टम बजाउनका लागी प्रिन्सीपल नरेश प्रताप साहको उपस्थितीमा शिक्षकद्वय रुपेश साह र सतपाल सुडीले विजुलीको पोलमा दाजु पेशलानन्दलाई हुकिङ्ग गर्न लगाएका थिए । सोही क्रममा अचानक उनलाई करेन्ट लागेको थियो ।
    प्रिन्सीपल साहले भने साउण्ड सिस्टम बजाउनका लागी विद्युत हुकिङ्ग गर्न विद्यार्थीलाई आपुृmहरुले नभनेको तर शिक्षकको उपस्थितीमा भएको दुःखद घटनाले केही कमजोरी भने भएको स्वीकारेका छन् ।
    यता घटनाको विरोधमा विधार्थी तथा मृतकका आफन्तले लापरबाही गर्ने विधालय सञ्चालकमाथि कारबाहीको माग गर्दै विधालय अगाडी टायर बालेर प्रदर्शन गरेको थियो । मृत्युले शोकमा डुबेका परिवारजले शुक्रवार नै विद्यालयका प्रिन्सीपल र शिक्षक विरुद्ध कडा कारवाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् । 
    मृतकका वुवा लक्ष्मण प्रसाद यादवद्वारा बुझाइएको जाहेरीमा घटनाको सत्यतथ्य छानवीन, दोषीलाई ज्यान कसुर सम्बन्धी मुद्दामा कारवाही तथा पीडित परिवारलाई उचित क्षतीपुर्ती दिनु पर्ने माग गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी