गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
५० पटक हेरिएको
Shares
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 

सारांश

  •     दुबै पक्षबीच आरोप प्रत्यारोप लगाउँदै असुरक्षित भएको भन्दै प्रदर्शन र पत्रकार सम्मेलन मार्फत एक अर्कामाथीको आरोपहरु सार्वजनिक गर्न थालेका छन् ।
  •     मेसु डा.
  • झा बिरुद्ध बिहीबार सोही अस्पतालका आधा दर्जन चिकित्सक र केही स्वास्थ्यकर्मीहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका केही चिकित्सक तथा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झा लगायतका चिकित्सकहरुको विवाद उत्कर्षम पुगेको छ । 
    दुबै पक्षबीच आरोप प्रत्यारोप लगाउँदै असुरक्षित भएको भन्दै प्रदर्शन र पत्रकार सम्मेलन मार्फत एक अर्कामाथीको आरोपहरु सार्वजनिक गर्न थालेका छन् ।
    मेसु डा. झा बिरुद्ध बिहीबार सोही अस्पतालका आधा दर्जन चिकित्सक र केही स्वास्थ्यकर्मीहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रहरीमा सुरक्षा माग गर्दै निवेदन समेत दिएका छन् । 
    आफूहरुलाई अपमानित गर्ने, उपकरण नभएपनि जबरजस्ती अपरेशन थिएटरमा खटाउने, स्पष्टिकरण सोध्ने र आफ्ना पक्षका मानिस उचालेर आक्रमण समेत गर्न लगाएको उनीहरुको आरोप छ । उनीहरु मध्येका एक डा. अजय चौधरीले आफ्नो क्वाटरमा मानिस पठाएर मेसु झाले बुधबार राती ११ बजेतिर ढुंगामुढा समेत गराएको अरोप लगाएका छन । 
    यसैबीच मेसु झाले पनि बिहीबारै पत्रकार सम्मेलन गरि आफूहरुमाथी आरोप लगाउनेहरु अस्पतालको डियुटी छाडेर नजिकैको एक प्राइभेट अस्पतालमा खट्ने गरेको र आफूले कडाई गर्दा उनीहरु बिरोधमा उत्रेको जिकिर गरेका छन् ।
    उनले इमरजेन्सी शाखाका इन्चार्ज रहेका डा. चौधरी आफ्नो जिम्मेवारी पूरा नगर्ने र बिना सूचना चार/चार दिनसम्म अस्पताल नआएपछि आफूले स्पष्टिकरण सोधेको भन्दै मेसु झाले यसकै रिसिइबी साध्न उनीहरु बिरोधमा उत्रेको आरोप लगाए । 
    यता मेसु झाले उनीहरुबाट असुरक्षित भएको तथा आफ्नो क्वाटरमा समेत बुधबार राती साढे ११ बजेतिर बिरोधीहरुले ढुंगामुढा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि 
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव