दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरी प्रहरीले एकपछि अर्को सफलता हात पार्दै एक महिनाको अवधीमा ४० अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार भएकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले सो सफलता हात पारेको हो ।
प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकि फरार रहेको २३ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी ४० जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पछिल्लो समय फरार अपाराधी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थाल्दै १ महिनाको अवधिमा जर्बजस्ती करणीका र कुटपिटका सर्वाधिक ६–६ ज्यान मार्ने उद्योगका ५, चोरीका ४, अपहरण र लुटपाटका ३–३, सवारी ज्यान र लुटपाटका ४–४ ठगी तथा लेनदेनका २ गरी ४० फरार अपराधीलाई पक्राउ गर्न सफल भएको प्रहरी तथ्यांकले देखाएको छ ।
त्यस्तै पछिल्लो पटक सोमबार एकैदिन विभिन्न अपराधमा संलग्न भई फरार रहेको १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा कुटपिटका सर्वाधिक छ, लुटपाटका तिन ज्यान मुदा, जालसाजी मुदा र जारी मुदाका २–२ तथा लेनदेन र ठगी मुदाका १–१ जना छन् ।
अघिल्लो दिन पक्राउ परेका १७ जना मध्ये २ महिला पनि छन् । यसरी पक्राउ परेका सवै अपराधीलाई मंगलबार अदालत समक्ष उपस्थित गराईएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
एक महिनामा ४० अपराधी पक्राउ
सारांश
- विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार भएकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले सो सफलता हात पारेको हो ।
- प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकि फरार रहेको २३ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी ४० जना अभियुक्तलाई पक्राउ गरेको छ ।
- पछिल्लो समय फरार अपाराधी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थाल्दै १ महिनाको अवधिमा जर्बजस्ती करणीका र कुटपिटका सर्वाधिक ६–६ ज्यान मार्ने उद्योगका ५, चोरीका ४, अपहरण र लुटपाटका ३–३, सवारी ज्यान र लुटपाटका ४–४ ठगी तथा लेनदेनका २ गरी ४० फरार अपराधीलाई पक्राउ गर्न सफल भएको प्रहरी तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया