सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने

सारांश

  •     नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कूल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
  •       जसमध्ये नेपाली सेना बरखगणबाट ७ सयको संख्यामा परिचालन हुने राजविराज स्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् ।
  •       यस्तै नेपाल प्रहरीका १ हजार ५ सय ८८ र निर्वाचन प्रहरी ३ हजार ८ सय ३७ जना परिचालन गरिने जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 

    आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा सप्तरी जिल्लामा ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । 
    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कूल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो । 
    जसमध्ये नेपाली सेना बरखगणबाट ७ सयको संख्यामा परिचालन हुने राजविराज स्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् । 
    यस्तै नेपाल प्रहरीका १ हजार ५ सय ८८ र निर्वाचन प्रहरी ३ हजार ८ सय ३७ जना परिचालन गरिने जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । निर्वाचन सुरक्षाकै लागि जिल्लामा सशस्त्र प्रहरी ८ सय २५ र निर्वाचन प्रहरी ३ सय ८५ जना परिचालन हुने सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
    जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी कुल ७ हजार ३ सय ३५ जना सुरक्षाकर्मी सप्तरीका परिचालन हुने भएको हो । 
    सप्तरीमा स्थायी २९६, अस्थायी २ गरी २९८ मतदानस्थल रहेका छ । सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदनशील र ८३ सम्वेदनशील सुचीमा राखिएको र मतदाताहरुले सहज, भयरहित र निष्पक्ष मतदान सम्पन्न गराउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक पुरीले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा तिलाठी बिजयी
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो
राजविराज हटिया बारे बोर्डको निर्णय कावा प्रमुखले एकलौटी  ढंगले उल्टाएपछि नगरपालिकामा आन्तरिक द्वन्द चर्कियो