उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट

राजविराज राजविराज
|
शनिबार, कार्तिक १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट

सारांश

  •     इजलाशले शुक्रबार आयोजना गरेको न्यायका लागि नागरिक समाज एवं संचारकर्मीहरुसँगको साझेदारीता विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्टतम न्यायाधिश तिलप्रसाद श्रोष्ठले सो जानकारी दिएका हुन् ।
  •       चालु आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 
    उच्च अदालत जनकपुर राजविराज इजलाशले चालु आ.ब. २०७५÷०७६ को तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छर्यौट गरेको जानकारी दिएको छ । 
    इजलाशले शुक्रबार आयोजना गरेको न्यायका लागि नागरिक समाज एवं संचारकर्मीहरुसँगको साझेदारीता विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्टतम न्यायाधिश तिलप्रसाद श्रोष्ठले सो जानकारी दिएका हुन् । 
    चालु आ.ब.को साउन, भदौं र असोज महिनामा ५ सय ८६ मुद्दाहरु फर्छयौट गरिएको जानकारी दिँदै वरिष्टतम न्यायाधिश श्रेष्ठले चालु आ.ब.को मसान्तसम्ममा ३ हजार १ सय ७९ मुद्दाहरु फर्छयौट गर्ने लक्ष्य रहेको जानकारी समेत दिए ।
    सोही कार्यक्रममा उनले गत वर्षका राजविराज इजलाशमा ४ हजार ७ सय ३ मुद्दा मध्ये १ हजार ५ सय २७ मुद्दाहरु मात्र फर्छयौट भएकोमा न्यायालयको अवस्था बारे दुःख समेत व्यक्त गरे । उनले गत वर्षको ३ हजार १ सय ७९ मुद्दा लगत र दुई वर्ष नाघेको ५ सय ८८ मुद्दाहरु समेत चालु आबमा फर्छयौट गर्ने हरसम्भव प्रयास गर्ने दृढता समेत व्यक्त गरे ।  
    कार्यक्रममा वरिष्टतम न्यायाधिश श्रेष्ठले न्यायालय सुधारका लागि केही प्रयासहरु गरिरहेको जानकारी दिँदै हालै मात्र अदालत परिसरमा विचौलियाहरुलाई प्रवेश निषेध गरिएको बताए । उनले राजविराज इजलाशमा तोकिएको दरबन्दी भन्दा धेरै कम कर्मचारी रहेकोले पनि न्याय सम्पादनमा कठिनाई भइरहेको गुनासो समेत व्यक्त गरे । 
    सोही कार्यक्रममा सहभागिहरुले अदालतको कामकाज र सेवाप्रति गुनासो एवं सुधारका पक्षहरुबारे सुझाव समेत दिएका थिए । 
    इजललाशका न्यायाधिश नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज इजलाशका १० जनै न्यायाधिश, सप्तरी र सिरहा जिल्ला अदालतका न्यायाधिशहरु, सप्तरी र सिरहा नागरिक समाजका अगुवा, दुबै जिल्लाका संचारकर्मी, बार इकाईका अध्यक्ष, दुबै अदालतका रजिष्टार, अधिवक्ताहरु लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
पशु फर्ममा आगलागि हुँदा २० गाईबाछा जले
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर