महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २०, २०७८
|
|
४५ पटक हेरिएको
Shares
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु

सारांश

  •     चुनावी चहलपहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नं.
  • १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरियो ।
  •       सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढ्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर) ले प्रतिवद्घता ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी चहलपहल शुरु गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गतेको मिति तय गरेसँगै माओवादी केन्द्रले पनि चुनावी चहलपहल सुरु गरेको हो । 
    चुनावी चहलपहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नं. १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरियो । 
    सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढ्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर) ले प्रतिवद्घता ब्यक्त गरे । 
    त्यसैगरी प्रदेश सदस्य महेश प्रसाद यादवले माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चितता रहेकोले सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको बताए । 
    स्थानीय सरकारको नेतृत्व गर्न दिपेन्द्र माझी, देवराम यादव, मनोज यादव, कृष्ण चन्द्र मण्डल (वौवा), कृष्णदेव मण्डल, सुरेन्द्र यादव, मो सकुर, वेजु कामैत, फरेवी सदा अध्यक्ष पदमा आकांक्षी रहेका छन । 
    यसैगरी उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, प्रमिला यादव, सविता कुमारी मण्डल, उर्मिला देवी यादव, कल्पना चौधरी र निशा चौधरीले दाबी प्रस्तुत गरेकी छिन् । 
    स्थानीयस्तरमा निर्वाचनको तयारीका लागि बैठक, सभा र कार्यक्रमहरुलाई बाक्लो बनाउने छलफल भएको छ । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवाचरवा परिवारलाई  दोश्रो चरणको राहत बितरण
हरवाचरवा परिवारलाई  दोश्रो चरणको राहत बितरण
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
भन्सार छलेका किराना सामान र कपडासहित  तीन वटा मोटरसाइकल बरामद
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न