दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको डाक्नेश्वरी र सप्तकोशी नगरपालिका क्षेत्रबाट लागुऔषध कारोवारी र सेवनकर्ता एक महिलासहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चेकजाचका क्रममा डाक्नेश्वरी नगरपालिका क्षेत्रमा प्रदेश–२–०३–००७प.७३१९ नम्बरको मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने २६ वर्षिय जिगेन्द्र साह र २० वर्षिय मो. सद्दाम लागुऔषधसहित पक्राउ परेका छन् ।
उनीहरुको साथबाट प्रतिबन्धित नेट्राभेट ३ सय ६० थान र गाजा २० ग्राम बरामद गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
यस्तै सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित बसपार्क क्षेत्रबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका १० बस्ने २१ वर्षिय निराजन रायमाझि र २७ वर्षिय बलराम दाहाल पक्राउ परेका छन् ।
उनीहरुको साथबाट निप्रोभेट १५ थान, स्पास्कोम २४ थान, डायलिक्स डिसी ५ र ओसारपोसारमा प्रयोग गरिएको बा.४८प.२५१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरुकै बयानका आधारमा लागुऔषधका कारोबारी कंचनरुप नगरपालिका ८ बस्ने २५ वर्षिया बबिता राउतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
राउतको घरबाट प्रहरीले नाइट्रसन ट्याब्लेट ४० थान, नाइट्राभेट ट्याब्लेट १५ थान, स्पामोप्रोक्सि ४० थान, डायल्याब ३ थान र लिजेसिक इन्जेक्सन ७ थानलगायतका प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई लागुऔषध मुद्दामा सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एक महिलासहित पाँच जना लागुऔषध सेवनकर्ता र कारोवारी पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चेकजाचका क्रममा डाक्नेश्वरी नगरपालिका क्षेत्रमा प्रदेश–२–०३–००७प.
- ७३१९ नम्बरको मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने २६ वर्षिय जिगेन्द्र साह र २० वर्षिय मो.
- सद्दाम लागुऔषधसहित पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया