दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधबार एक नवजात शिशुको शवलाई कुकुरले मुखमा लिएर घुमिरहेको पाईएको छ ।
शरीर पुर्ण रुपमा विकसित नभएको मृत अवस्थामा फेला परेको शिशुको शव कुकुरले बोकेर अस्पताल परिसरमा ल्याएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहले पुर्ण रुपमा शरीर विकसित नभएको शिशुको शव मृत अवस्थामा फेला परेको जानकारी दिए ।
अस्पताल रहेका प्रत्यक्षदर्शीहरुले कुकुरलाई घेराउ गरी पोषण पुनस्र्थापना केन्द्रको पछाडि मृत नवजात शिशुलाई राखेर प्रहरीलाई खवर गरेका थिए । शिशु कसको हो र कुकुरले कहाँ बाट ल्याएको भन्ने कुरा खुल्न सकेको छैन् । घट्नावारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित पत्थरगाडामा पनि नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । दुबै घटनाको विषयमा अनुसन्धानपछि थप जानकारी दिईने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
सारांश
- शरीर पुर्ण रुपमा विकसित नभएको मृत अवस्थामा फेला परेको शिशुको शव कुकुरले बोकेर अस्पताल परिसरमा ल्याएको हो ।
- अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
- दिलिप साहले पुर्ण रुपमा शरीर विकसित नभएको शिशुको शव मृत अवस्थामा फेला परेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया