दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरी प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. ९ स्वर्णपट्टीस्थित नेपाल–भारत आवतजावत गर्ने सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी देउरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७प.८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नं. ८ पोखरिया निवासी ३६ वर्षीय त्रिलोकी चौधरी र पछाडी सवार सोही नगरपालिका वडा नं. ७ भंगहा टोल निवासी ३२ वर्षीय सन्तलाल दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
खानतलासीका क्रममा सन्तलालले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीमा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको उनले बताए । उक्त पदार्थलाई तौल गर्दा ३१ ग्राम ९१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी उनीहरूको साथबाट ओप्पो र भिभो कम्पनीका दुई थान मोबाइल फोन, नगद ७ हजार ३ सय ५० रुपैयाँ तथा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
खैरो हेरोइनसहित दुई पक्राउ
सारांश
- प्रहरी चौकी देउरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.
- ७प.
- ८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रतिक्रिया
० प्रतिक्रिया