खैरो हेरोइनसहित दुई पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ ८, २०८३
|
|
१०९ पटक हेरिएको
Shares
खैरो हेरोइनसहित दुई पक्राउ

सारांश

  • प्रहरी चौकी देउरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.
  • ७प.
  • ८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरी प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. ९ स्वर्णपट्टीस्थित नेपाल–भारत आवतजावत गर्ने सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी देउरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७प.८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नं. ८ पोखरिया निवासी ३६ वर्षीय त्रिलोकी चौधरी र पछाडी सवार सोही नगरपालिका वडा नं. ७ भंगहा टोल निवासी ३२ वर्षीय सन्तलाल दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
खानतलासीका क्रममा सन्तलालले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीमा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको उनले बताए । उक्त पदार्थलाई तौल गर्दा ३१ ग्राम ९१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी उनीहरूको साथबाट ओप्पो र भिभो कम्पनीका दुई थान मोबाइल फोन, नगद ७ हजार ३ सय ५० रुपैयाँ तथा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
दहको पानी नहाले खाना पाक्दैन
दहको पानी नहाले खाना पाक्दैन
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट