दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
राजविराज जारी प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आधा दर्जन भन्दा बढी नयाँ किर्तिमान कायम गर्दै बुधबार सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न तौल समूहमा महिला र पुरुषतर्फ ९ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम भएको छ । प्रतियोगितामा नेपाल प्रहरीकी हिरामोती थारु, पूजा कुमाल र विद्या राई सप्तरीकी सन्तोषी कुमारी यादव र रामकुमार यादवले आ–आफ्नो तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।
कास्कीकी सरस्वती गुरुङ, एपिएफका सन्तोष चौधरी र निशाना बलाल तथा कंचनपुरका अशोक सिंह भण्डारीले पनि आ–आफ्नो तौल समूहमा विगतका रेकर्ड तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।
प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ गरि नेपाल प्रहरीले सर्वाधिक ४ स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सप्तरी, नेपाली सेना र सशस्त्र प्रहरीले ३÷३, कंचनपुरले २ तथा कास्कीले एक स्वर्ण पदक हात पारेका छन् ।
भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सात वटै प्रदेशका महिला÷पुरुष गरि १ सय ५० खेलाडी सहभागि थिए ।
प्रतियोगिता समाप्तिपछी संघका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
सारांश
- प्रतियोगितामा विभिन्न तौल समूहमा महिला र पुरुषतर्फ ९ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम भएको छ ।
- प्रतियोगितामा नेपाल प्रहरीकी हिरामोती थारु, पूजा कुमाल र विद्या राई सप्तरीकी सन्तोषी कुमारी यादव र रामकुमार यादवले आ–आफ्नो तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।
- कास्कीकी सरस्वती गुरुङ, एपिएफका सन्तोष चौधरी र निशाना बलाल तथा कंचनपुरका अशोक सिंह भण्डारीले पनि आ–आफ्नो तौल समूहमा विगतका रेकर्ड तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया