किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न

राजविराज राजविराज
|
बुधबार, जेठ १३, २०८३
|
|
११० पटक हेरिएको
Shares
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न

सारांश

  •     प्रतियोगितामा विभिन्न तौल समूहमा महिला र पुरुषतर्फ ९ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम भएको छ ।
  • प्रतियोगितामा नेपाल प्रहरीकी हिरामोती थारु, पूजा कुमाल र विद्या राई सप्तरीकी सन्तोषी कुमारी यादव र रामकुमार यादवले आ–आफ्नो तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।
  •       कास्कीकी सरस्वती गुरुङ, एपिएफका सन्तोष चौधरी र निशाना बलाल तथा कंचनपुरका अशोक सिंह भण्डारीले पनि आ–आफ्नो तौल समूहमा विगतका रेकर्ड तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।

    राजविराज जारी प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आधा दर्जन भन्दा बढी नयाँ किर्तिमान कायम गर्दै बुधबार सम्पन्न भएको छ । 
    प्रतियोगितामा विभिन्न तौल समूहमा महिला र पुरुषतर्फ ९ वटा नयाँ राष्ट्रिय किर्तिमान कायम भएको छ । प्रतियोगितामा नेपाल प्रहरीकी हिरामोती थारु, पूजा कुमाल र विद्या राई सप्तरीकी सन्तोषी कुमारी यादव र रामकुमार यादवले आ–आफ्नो तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् । 
    कास्कीकी सरस्वती गुरुङ, एपिएफका सन्तोष चौधरी र निशाना बलाल तथा कंचनपुरका अशोक सिंह भण्डारीले पनि आ–आफ्नो तौल समूहमा विगतका रेकर्ड तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । 
    प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ गरि नेपाल प्रहरीले सर्वाधिक ४ स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सप्तरी, नेपाली सेना र सशस्त्र प्रहरीले ३÷३, कंचनपुरले २ तथा कास्कीले एक स्वर्ण पदक हात पारेका छन् । 
    भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सात वटै प्रदेशका महिला÷पुरुष गरि १ सय ५० खेलाडी सहभागि थिए । 
    प्रतियोगिता समाप्तिपछी संघका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
सहिद राममनोहरको सम्झनामा रक्तदान   
सहिद राममनोहरको सम्झनामा रक्तदान   
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने

छुटाउनुभयो कि ?