दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
विश्वकर्मा बाबाको मूर्ती सेलाउने क्रममा डुबेर वेपत्ता भएका एक युवकको मृत शरीर मंगलबार फेला परेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित नहर किनारमा पहिचान खुल्न नसकेका अन्दाजी २५÷२६ वर्षिय यूवकको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । नहर किनारमा उतानो परेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
मूर्ती सेलाउने क्रममा आइतबार नहरले बगाएको ती अपरिचित यूवकको सोही दिन प्रहरीले व्यापक खोजतलास गरेको थियो । तर, सो दिन फेला नपरेका उनको मृत शरीर भने मंगलबार घटनास्थलबाट दुईसय मिटर टाढा फेला परेको प्रहरी जनाएको छ ।
पहिचान खुल्न नसकेका ती व्यक्ति को हुन र कहाबाट आई मूर्ती सेलाउने कार्यमा सहभागि भए भन्ने विषय बारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
डुबेर वेपत्ता भएका युवकको शव फेला
सारांश
- सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित नहर किनारमा पहिचान खुल्न नसकेका अन्दाजी २५÷२६ वर्षिय यूवकको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
- नहर किनारमा उतानो परेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
- मूर्ती सेलाउने क्रममा आइतबार नहरले बगाएको ती अपरिचित यूवकको सोही दिन प्रहरीले व्यापक खोजतलास गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया