दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
पूर्वसांसद एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य हरिप्रसाद रायको ८५ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित थिए । उनको धरानमा उपचारका क्रममा आइतबारराति मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनी पहिलो संविधानसभामा तमलोपाबाट सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदबार समेत बनेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
पूर्वसांसद एवं जसपा नेता रायको निधन
सारांश
- नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित थिए ।
- उनको धरानमा उपचारका क्रममा आइतबारराति मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
- सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया