मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २, २०८०
|
|
७८ पटक हेरिएको
Shares
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो

सारांश

  •     लोसपा नेपाल जिल्ला कमिटि सप्तरीद्वारा राजविराजमा बिहीबार आयोजित विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
  •       उनले भने “आठ जिल्लामा सीमित प्रदेशको नामकरण त गरियो बास्तबमा ८ जिल्ला मात्रै मधेस प्रदेश हो, हामी कदापि यसलाई स्वीकार्दैनौं ।
  • ” उनले गजेन्द्रनारायण सिंहको भुमि सप्तरीबाटै मधेसवाद नाराका साथ मेची महाकाली अभियान कार्यक्रमको घोषणा साथ अगाडी बढ्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आठ जिल्लामा सीमित मधेस प्रदेश अब मेचीदेखी महाकालीसम्म २२ जिल्लाको अधिकार सम्पन्न मधेस प्रदेशमा बिस्तार गर्न अभियान चलाउने बताएका छन् ।  
    लोसपा नेपाल जिल्ला कमिटि सप्तरीद्वारा राजविराजमा बिहीबार आयोजित विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
    उनले भने “आठ जिल्लामा सीमित प्रदेशको नामकरण त गरियो बास्तबमा ८ जिल्ला मात्रै मधेस प्रदेश हो, हामी कदापि यसलाई स्वीकार्दैनौं ।” उनले गजेन्द्रनारायण सिंहको भुमि सप्तरीबाटै मधेसवाद नाराका साथ मेची महाकाली अभियान कार्यक्रमको घोषणा साथ अगाडी बढ्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
    नेता महतोले संघियता आएको ७ बर्षको अवधीमा कुनै न कुनै माध्यमबाट जिल्लामा सिडियो र एसपी नै हावी रहेकोले सबै निकाय संघीय सरकारकै कन्ट्रोलमा रहेको कुरा संबिधानको बिरुद्ध रहेको आरोप लगाए । 
    उनले संबिधानमा उल्लेखित कृषि ज्ञानकेन्द्र, मालपोत कार्यालय र नापी कार्यालय सबै स्थानीय तहमार्फत नै हुनुपर्ने उल्लेख भएपनि हाल संघीय सरकारकै अधिनमा रहनु दुःखद रहेको बताए । नेता महतोले ७० बर्षमा ७ वटा संविधान बने पनि मधेसी, आदिवासी, जनजाति, मुस्लिम लगायत वर्गहरुले हालसम्म पनि अधिकारबिहीन रहेको उल्लेख गरे । 
    जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादब, पुर्व सांसद चन्द्रकान्त चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादब, छिन्मस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी, महदेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल, राजविराजका निवर्तमान नगरप्रमुख शम्भु यादब, निवर्तमान नगरउपप्रमुख साधना झा लगायत पार्टीका नेता कार्यकर्ता उपस्थित रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका  सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि