पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०८२
|
|
७२ पटक हेरिएको
Shares
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ

सारांश

  •     महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा मंगलबार जारि विज्ञप्तिमा उक्त ध्यानाकर्षण भएको जनाउँदै जिल्लाको शम्भुनाथ नगरपालिका ११ स्थित एक जग्गामा अदालतको आदेश कार्यान्वयन गराउन प्रहरी समेतको उपस्थितिमा एक व्यक्तिको जग्गामा घेराबेराको काम भइरहेको विषयमा रिपोर्टिङ्ग गर्न पुगेका पत्रकार माझी उपर स्थानीय केहि व्यक्तिले गरेको हातपात र दुव्र्यबहार निन्दनीय रहेको भन्दै घटनाको घोर भत्र्सना गरिएको छ ।
  •       विज्ञप्तिमा पत्रकार माझी उपर हातपात गर्ने व्यक्तिको पहिचान समेत भइसकेको र जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिइसकेको अवस्थामा यथाशिघ्र दोषीलाई पक्राउ गरी कानुन अनुसारको कार्वाही गर्न जोडदार माग समेत गरिएको छ ।
  •       दिनरात नभनी जनतालाई सुसुचित गराउन अहोरात्र खट्ने पत्रकार रिपोर्टिङ्गकै क्रममा हातपात र दुव्र्यबहारको शिकार हुनुले अराजकता मौलाएको पुष्टि भएको ठहर गर्दै विज्ञप्तिमा आगामी दिनमा यस किसिमको व्यबहार नगर्न तथा जिल्लामा पत्रकारिता गर्ने सुरक्षित वातावरणको सृजना गर्न पनि सबैसँग आग्रह गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 

    नेपाल पत्रकार महासंघ सप्तरीले पधकार महासंघका केन्द्रीय परिषद् सदस्य एवं राजधानी दैनिक तथा प्राइम टेलिभिजनका सप्तरी सम्वाददाता मनोजकुमार माझी उपर समाचार संकलनको क्रममा सोमबार भएको हातपात एवं दुव्र्यबहारको घट्नाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
    महासंघका अध्यक्ष श्रवणकुमार देवद्वारा मंगलबार जारि विज्ञप्तिमा उक्त ध्यानाकर्षण भएको जनाउँदै जिल्लाको शम्भुनाथ नगरपालिका ११ स्थित एक जग्गामा अदालतको आदेश कार्यान्वयन गराउन प्रहरी समेतको उपस्थितिमा एक व्यक्तिको जग्गामा घेराबेराको काम भइरहेको विषयमा रिपोर्टिङ्ग गर्न पुगेका पत्रकार माझी उपर स्थानीय केहि व्यक्तिले गरेको हातपात र दुव्र्यबहार निन्दनीय रहेको भन्दै घटनाको घोर भत्र्सना गरिएको छ । 
    विज्ञप्तिमा पत्रकार माझी उपर हातपात गर्ने व्यक्तिको पहिचान समेत भइसकेको र जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिइसकेको अवस्थामा यथाशिघ्र दोषीलाई पक्राउ गरी कानुन अनुसारको कार्वाही गर्न जोडदार माग समेत गरिएको छ । 
    दिनरात नभनी जनतालाई सुसुचित गराउन अहोरात्र खट्ने पत्रकार रिपोर्टिङ्गकै क्रममा हातपात र दुव्र्यबहारको शिकार हुनुले अराजकता मौलाएको पुष्टि भएको ठहर गर्दै विज्ञप्तिमा आगामी दिनमा यस किसिमको व्यबहार नगर्न तथा जिल्लामा पत्रकारिता गर्ने सुरक्षित वातावरणको सृजना गर्न पनि सबैसँग आग्रह गरिएको छ ।
    यस्तै सोही विज्ञप्तिमा कंचनरुप नगरपालिकामा तलव नपाएका शिक्षक र जनप्रतिनिधीबीच भइरहेको वार्ताको रिपोर्टिङ्गमा खटिएका स्थानीय अवलोकित दैनिकका सम्वाददाता अनिश शेख उपर नगर प्रमुख ललनप्रसाद गुप्ताले गालीगलौज गर्दै दुर्यव्हार गरेको घटनाप्रति पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 
    विज्ञप्तिमा शेखलाई उदृत गर्दै नगरप्रमुख गुप्ताले नगर प्रहरी मार्फत मोवाइलमा खिचेको फोटो र भिडियो समेत डिलिट गराएको जनाउँदै यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथीको ठाडो उल्लंघन भएको ठहर गरिएको छ । अन्तमा विज्ञप्तिमा भनिएको छ, “हामी यसको कडा रुपमा निन्दा गर्दै आगामी दिनमा यस किसिमको गतिविधि नगर्न तथा प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्न सचेत गराउँदछौं ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने 
सुनसरी घटनाको बिरोधमा राजविराज बन्द
सुनसरी घटनाको बिरोधमा राजविराज बन्द
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
राप्रपाद्वारा राजा सहितको हिन्दु राष्ट्रको पक्षमा शक्ति प्रर्दशन
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण