राजविराज÷जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन सम्पन्न गरिसकेको छ ।
सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको कार्यशैली मुल्याङ्कनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृत शिवनन्दन मेहताले बताए ।
मतपत्रको एउटा कोठामा “तपाईको क्षेत्रका प्रदेश सभा सदस्यको काम सन्तोषजनक छ ? र अर्को कोठामा सन्तोषजनक छैन” भनी लेखिएको थियो । ती मध्ये एउटा रोजेर स्वस्तिक चिन्ह लगाउन मतदातालाई भनिएको थियो ।
निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।
जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरि ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
सारांश
- निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् ।
- अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।
- जिल्लाको प्रदेशसभा क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया