दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
नेपाल भारत मैत्री संघ सप्तरीको आयोजना एवं छिन्नमस्ता अस्पताल राजविराजको सहकार्यमा सोमबारदेखी सात दिने निशुल्क स्वास्थ्य शिविरको संचालन गरिएको छ ।
नेपाल भारत मैत्री संघका राष्ट्रिय अध्यक्ष ओमप्रसाद सरावगिले छिन्नमस्ता अस्पतालको हातामा आयोजित कार्यक्रमबीच उक्त शिविरको उद्घाटन गरे ।
शिविरको उद्घाटनका अवसरमा प्रमुख अतिथि सरावगिले स्वास्थ्यको सूचांङ्कमा सप्तरी निकै पछाडी रहेको भन्दै गरिब र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएकोमा प्रशंसा गरे ।
स्वास्थ्य शिविरमा सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गराउँदै स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका नेपाल भारत मैत्री संघका राष्ट्रिय सहअध्यक्ष शैलेन्द्र मोहन झाले बताए ।
संघका सप्तरी अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित शिविर उद्घाटन समारोहमा मधेशी आयोगकी सदस्य आभासेतु सिंह, नेपाल काँग्रेस प्रदेश १ का महाधिवेशन प्रतिनिधि बिजय रिजाल, अधिकारकर्मी जंगबहादुर सिंह, पत्रकार मनोज कुमार माझी लगायतले पनि शुभकामना दिँदै शिविरबाट लक्षित वर्गले फाइदा लिने विश्वास ब्यक्त गरे ।
शिविरमा विशेषज्ञसहितको चिकित्सक टोलीद्वारा जनरल सर्जरी, मुटु रोग , शल्यक्रियासहित नाक कान घाटी रोग, मानसिक रोग, स्त्री रोग (पाठेघर सम्बन्धी शल्यक्रियासहित), बाल रोग, हाडजोर्नी रोग, दन्त रोग लगायतको निशुल्क उपचार सेवा प्रदान गरिने नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मुन्धडाले जानकारी दिए ।
माघ ९ गतेसम्म चल्ने शिविरमा डा. राजिव मिश्र, डा. सुनिल सिंह, डा. सन्तोष झा, डा. ज्ञानेन्द्र झा, डा. सरोज साह, डा. अस्मिता मण्डल, डा. दिनेश उप्रेतीलगायत एक दर्जन विशेषज्ञको टोलीले सेवा प्रदान गर्ने सो अस्पतालले जनाएको छ ।
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
सारांश
- नेपाल भारत मैत्री संघका राष्ट्रिय अध्यक्ष ओमप्रसाद सरावगिले छिन्नमस्ता अस्पतालको हातामा आयोजित कार्यक्रमबीच उक्त शिविरको उद्घाटन गरे ।
- शिविरको उद्घाटनका अवसरमा प्रमुख अतिथि सरावगिले स्वास्थ्यको सूचांङ्कमा सप्तरी निकै पछाडी रहेको भन्दै गरिब र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएकोमा प्रशंसा गरे ।
- स्वास्थ्य शिविरमा सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गराउँदै स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका नेपाल भारत मैत्री संघका राष्ट्रिय सहअध्यक्ष शैलेन्द्र मोहन झाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया