दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प भएको छ ।
आइतबार साँझ एनआईसियू कक्षमा अचानक विद्युतीय सर्ट भई झरेको बल्बबाट भर्ना रहेका एक नवजात शिशु घाईते भएपछी आफन्तद्वारा गरिएको तोडफोड र चिकित्सकमाथी गरिएको हातपातको बिरोधमा अस्पतालबाट प्रवाह हुने सेवाहरु ठप्प भएको हो ।
तोडफोड र चिकित्सकमाथी हातपात गर्नेहरुलाई कारवाही र सुरक्षाको माग गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु आइतबार रातीदेखी नै ठप्प पारेका हुन् ।
अस्पताल प्रशासनले सोमवार एक सूचना प्रकाशित गरेर चिकित्सक माथी हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराए सम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सूचारु गर्न असर्मथ हुने जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी डम्बर बहादुर पुरीले घट्नामा संलग्न मध्येका चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको तथा अस्पतालमा थप कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
घटना विवरण अनुसार आईतवार साँझ सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया टोलकी रेखा यादवले जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियू कक्षमा भर्ना गरिएको थियो । साँझ पख अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालामा जलन भएको थियो ।
उक्त घटना पछी आक्रोशित आफन्तले तोडफोड, चिकित्सकलाई गालीगलौज र निमित्त मेसू डा. दिलिप साहमाथी हातपात गर्न थालेपछी भागाभाग मच्चिएको थियो । जसकारण रातभर अस्पताल चिकित्सक विहीन बन्न पुगेको थियो ।
घाईते नवजात शिशुलाई तत्कालै एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको र स्वास्थ्य अवस्था निकै सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ ।
एनआईसियू कक्षमा अचानक विद्युत सर्टभई उक्त घटना हुदा घाईते सहित चार नवजात शिशु भर्ना रहेका थिए । सबैलाई ड्यूटीमा रहेका नर्सहरुले सकुशल उद्धार गरेको निमित्त मेसू साहले जानकारी दिए ।
उनले विद्युत सर्किटको अवरोधको समस्या देखिएपछी अहिले प्राविधिक मार्फत अस्पतालको सम्पूर्ण विभागको विद्यूतिय उपकरणको चेकजाँच र मरर्मतको कार्य सूरु गरिएको जनाएका छन ।
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
सारांश
- आइतबार साँझ एनआईसियू कक्षमा अचानक विद्युतीय सर्ट भई झरेको बल्बबाट भर्ना रहेका एक नवजात शिशु घाईते भएपछी आफन्तद्वारा गरिएको तोडफोड र चिकित्सकमाथी गरिएको हातपातको बिरोधमा अस्पतालबाट प्रवाह हुने सेवाहरु ठप्प भएको हो ।
- तोडफोड र चिकित्सकमाथी हातपात गर्नेहरुलाई कारवाही र सुरक्षाको माग गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरु आइतबार रातीदेखी नै ठप्प पारेका हुन् ।
- अस्पताल प्रशासनले सोमवार एक सूचना प्रकाशित गरेर चिकित्सक माथी हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराए सम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सूचारु गर्न असर्मथ हुने जनाएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया