दैनिक समाचारदाता
राजबिराज, २१ असार ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ रम्पुरा की एक २८ बर्षिया महिलाले नातामा पर्ने देवरले आफूमाथी बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् ।
सोमबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती महिलाले पति बैदेशिक रोजगारमा बाहिर रहेको मौका छोप्दै देवरले आफुमाथि बलत्कारको प्रयास गरेको आरोप लगाइन् ।
स्थानिय राजकुमारी यादबले नाताले देबर पर्ने सोही वडा निवासी ३५ बर्षिय सूर्य नारायण यादबले शनिवार राती बलात्कारको प्रयास गरेको बताइन् । यस बारे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिदा कुनै सुनवाई नभएको जानकारी दिइन् ।
आरोपीत ब्यक्ती जनप्रतिनिधिका छोरा रहेकाले उनलाई जोगाउन जनप्रतिनिधि आफै लागिपरेकोले अहिलेसम्म पक्राउ पर्न नसक्दा न्यायका लागि संचारकर्मीमाँझ आउनु परेको उनको भनाई छ ।
शनिबार राती सुतिरहेका बेला ढोका फोडेर एक्कासी भित्र पसेर यादबले लछारपछार गर्दै जवरजस्तीकरणी गर्न खोजेको उनले बताइन् । सो क्रममा आफुले चिच्याउन थालेपछि अर्काे कोठामा सुतेका सासु ससुराका साथै छिमेकीहरू उठेपछि उनी फरार भएको राजकुमारीको भनाई छ ।
त्यस्तै पत्रकार सम्मेलनमो पीडित महिलाका बुबा शिवनारायणले छोरी सासू ससुराबाट समेत असुरक्षित रहेको भन्दै घरमा सुरक्षित साथ बस्ने बातावरणका लागि सहयोग गरि दिन आग्रह गरे ।
यता आरोपित सुर्य नारायण यादबले भाउजू राजकुमारीले लगाएको आरोप निराधार र आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले पीडित महिलाको उजुरीको आधारमा आबश्यक अनुसन्धान गर्न त्यसतर्फ एक टोली खटाईसकिएको बताएका छन ।
देवर पर्ने ब्यक्तीबाट बलात्कार प्रयास भएको आरोप
सारांश
- सोमबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै ती महिलाले पति बैदेशिक रोजगारमा बाहिर रहेको मौका छोप्दै देवरले आफुमाथि बलत्कारको प्रयास गरेको आरोप लगाइन् ।
- स्थानिय राजकुमारी यादबले नाताले देबर पर्ने सोही वडा निवासी ३५ बर्षिय सूर्य नारायण यादबले शनिवार राती बलात्कारको प्रयास गरेको बताइन् ।
- यस बारे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिदा कुनै सुनवाई नभएको जानकारी दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया