राजविराज/सप्तरीमा निषेधज्ञा खुकुलो भए सँगै कोरोना संक्रमितहरु बढ्न थालेको छ ।
स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञालाई शुक्रवारदेखि खुकुलो गर्दै सवारीसाधन समेत संचालनका लागि अनुमति दिएको छ ।
बिहिवार १४ जनाको पिसिआर परिक्षण गर्दा ११ जना तथा शुक्रवार ३७ जनाको परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सप्तकोसी नगरपालिकामा २२ जना, राजविराज नपामा ६ जना, अग्निसाइर कृष्णासवरन गाउँपालिका तथा शम्भुनाथ र कञ्चनरुप नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षणबाट १ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १ जनामा पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै हालसम्म ९ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ ।
सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
सप्तरीमा ३१, गुल्मीमा ३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै लापरवाही नगर्न तथा सरकारले तोकेको स्वास्थ सुरक्षा मापदणड कडाईका साथ पालना गर्न जिल्ला स्वास्थ कार्यलयले सबै सँग अपिल गरेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमित
सारांश
- संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सप्तकोसी नगरपालिकामा २२ जना, राजविराज नपामा ६ जना, अग्निसाइर कृष्णासवरन गाउँपालिका तथा शम्भुनाथ र कञ्चनरुप नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको हो ।
- कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
- शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया