हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
४१ पटक हेरिएको
Shares
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण

सारांश

  •     शुक्रवार हेल्प मधेशी नेपालका सप्तरी अध्यक्ष रिना झाले राजदेबी टोलका अपांग डोमी मुखियाका दुई छोराछोरीलाई नगद २४ सयका दरले ४ हजार ८ सय रूपैया नगद सहयोग गरेको हो ।
  •     सो अवसरमा जिल्ला समन्वय समिति सप्तरी सदस्य लक्ष्मी रजक, समाजसेबी डा.
  • अबधकिशोर सिंह, पत्रकार चन्दनकुमार यादबको उपस्थितिमा रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको अध्यक्ष रिना झाले बताईन ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन । 
    राजबिराज नगरपालिका २ का बाढी पीडित परिवारकालाई हेल्प मधेशी नेपाल परिवारद्वारा शैक्षिक अभियान अन्तर्गत शैक्षिक सामग्रीका लागी नगद हस्तान्तरण गरेको छ ।
    शुक्रवार हेल्प मधेशी नेपालका सप्तरी अध्यक्ष रिना झाले राजदेबी टोलका अपांग डोमी मुखियाका दुई छोराछोरीलाई नगद २४ सयका दरले ४ हजार ८ सय रूपैया नगद सहयोग गरेको हो ।
    सो अवसरमा जिल्ला समन्वय समिति सप्तरी सदस्य लक्ष्मी रजक, समाजसेबी डा. अबधकिशोर सिंह, पत्रकार चन्दनकुमार यादबको उपस्थितिमा रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको अध्यक्ष रिना झाले बताईन ।
    हेल्प मधेशी नेपालले मलेशिया, कतार लगायतका देशहरूमा रहेका आप्रवासी कामदार तथा जिल्लास्थित रहेका हेल्प मधेशीका अगुवाहरूद्वारा बिपतमा परेकालाई राहत बितरण गर्दै आएको छ भने संस्थाले शिक्षा अभियान पनि चलाउदै आएको झाले बताईन ।
    हेल्प मधेशी नेपाल संस्थाले कंचनरूप नगरपालिका वडा १ स्थित बैरवा र राजबिराज नगरपालिका ५ का गरि ८२ जना बाढी पीडितलाई राहत बितरण गरिएको हो ।
    त्यसैगरी हेल्प मधेशी नेपालले सप्तरीमा शैक्षिक अभियान अन्तर्गत महदेवा गाउपालिका २ ढिकुलीमा गरिव परिवारका २० जना, बोदेबरसाईन नगरपालिका बरसाईनमा १० जना वालवालीकाहरूलाई शैक्षिक सामग्री बितरण गरिएको झाले बताईन ।
    यसैगरी डाक्नेश्वरी नगरपालिकाको गमहरिया प्रभाव का ४ अन्धो परिवारलाई ५१ हजार बरावरको खाद्यान्न समाग्री प्रदान गरिएको अध्यक्ष झाले बताईन ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
युवाहरुले सडकमै धान रोपे
युवाहरुले सडकमै धान रोपे
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु 
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु 
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण
अस्पतालका मेसु डा. दासको बिदाई 
अस्पतालका मेसु डा. दासको बिदाई 
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण