कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २, २०८०
|
|
५४ पटक हेरिएको
Shares
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव

सारांश

  •     बिहीबार राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन गर्दै मन्त्रि यादवले यस्तो बताएका हुन् ।
  • उनले हुलाकी राजमार्गहुँदै प्रदेश राजधानी जनकपुर जान कमला नदीमा भासिएको पुलका कारण निकै कठिनाई भइरहेकोले तत्काल डाइभर्सन निर्माण गरिने बताए ।
  •       पुल निर्माणका लागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिँदै मन्त्री यादवले मधेशको लाइफ लाइन मानिएको हुलाकी राजमार्ग निर्माणको प्रक्रिया अन्तिम चरण पुगेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रि कृष्ण प्रसाद यादवले हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने बताएका छन् । 
    बिहीबार राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन गर्दै मन्त्रि यादवले यस्तो बताएका हुन् । उनले हुलाकी राजमार्गहुँदै प्रदेश राजधानी जनकपुर जान कमला नदीमा भासिएको पुलका कारण निकै कठिनाई भइरहेकोले तत्काल डाइभर्सन निर्माण गरिने बताए । 
    पुल निर्माणका लागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिँदै मन्त्री यादवले मधेशको लाइफ लाइन मानिएको हुलाकी राजमार्ग निर्माणको प्रक्रिया अन्तिम चरण पुगेको बताए । 
    विगतका सहरी विकास डिभिजन कार्यालयले सिरहा र सप्तरी दुबै जिल्लाको भौतिक निर्माणका कार्यहरु हेर्ने गरेकोले अब उपरान्त कार्यालयको नाम परिवर्तन भएपछि निर्माण भएको पूर्वाधार कार्यालयले सप्तरी जिल्लाका भौतिक निर्माणका कार्यहरु मात्र हेर्ने जानकारी दिए । यस कार्यालयले एउटा जिल्ला मात्रको कामहरु हेर्ने भएकाले छिटो, छरितो काम समेत हुने उनले विश्वास व्यक्त गरे ।  
    उद्घाटन समारोहमा मधेश प्रदेशका भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशलाई कृषि क्षेत्रमा उत्पादनमुखी बनाउन ठूलो योजना ल्याउन लागेको जानकारी दिए । उनले प्रदेशमा कृषि बाहेक अन्य प्राकृतिक श्रोत नरहेकाले उत्पादनमूखी कृषि भए मधेश प्रदेशले फड्को मार्ने जिकिर गरे । 
    भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोक साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
नगरको पहिलो शनिदेव मन्दिरमा प्रतिमा स्थापना
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार
सप्तरीका ४० जना सडक आश्रित मानवको उद्दार
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?