दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ

राजविराज राजविराज
|
सोमबार, पौष २५, २०७९
|
|
२७ पटक हेरिएको
Shares
दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ

सारांश

  •     कोठा भाडामा लिई हुण्डी कारोबार संचालन गर्दै आएका बोदेबर्साइन नगरपालिका ९ देउरी वस्ने ३२ वर्षिय राम विलास साह तेली र सोही नगरपालिका ७ वस्ने ५० वर्षिय मायानन्द झा पक्राउ परेको प्रहरीले जनाएको छ ।
  •       उनीहरुको साथबाट श्रोत नखुलेको तथा हुण्डी कारोबार प्रयोजनका लागी भाडाको कोठामा लुकाई राखेको ५२ खाख ८९ हजार ५ सय रुपैया समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरशे सिंहले जानकारी दिएका छन् ।
  • साह र झाले भाडामा लिएको कोठको खाट, साहले बोकेको ब्याग र झाले बोकेको झोलाबाट गरी कुल ५२ लाख ८९ हजार ५ सय रुपैया बरामद भएको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट दुई हुण्डी कारोबारी ५२ लाख रकमसहित पक्राउ परेका छन् । 
    कोठा भाडामा लिई हुण्डी कारोबार संचालन गर्दै आएका बोदेबर्साइन नगरपालिका ९ देउरी वस्ने ३२ वर्षिय राम विलास साह तेली र सोही नगरपालिका ७ वस्ने ५० वर्षिय मायानन्द झा पक्राउ परेको प्रहरीले जनाएको छ ।  
    उनीहरुको साथबाट श्रोत नखुलेको तथा हुण्डी कारोबार प्रयोजनका लागी भाडाको कोठामा लुकाई राखेको ५२ खाख ८९ हजार ५ सय रुपैया समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरशे सिंहले जानकारी दिएका छन् । साह र झाले भाडामा लिएको कोठको खाट, साहले बोकेको ब्याग र झाले बोकेको झोलाबाट गरी कुल ५२ लाख ८९ हजार ५ सय रुपैया बरामद भएको प्रहरीको भनाई छ । 
    सुचना अधिकारी समेत रहेका डिएसपी सिंहले गोप्य सुचनाको आधारमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको संयुक्त टोलीले दुबै जनालाई आइतवार साँझ पक्राउ गरेको बताए । 
    बोदेबर्साइन नगरपालिका ५ स्थित कौशल यादवको घरमा कोठा भाडामा लिई साह र झाले नेपाली रुपैयाको अवैध (डुण्डी) कारोबार गरिरहेको गोप्य सूचना पाएपछी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सीआईवीको टोली यहाँ पुगेको डिएसपी सिंहको भनाई छ । 
    नगदसँगै २ थान मोबाईल र हुण्डी कारोबार सम्बन्धि हिसाब किताब राखिएको ५ थान कपी समेत बरामद गरिएको तथा थप अनुसन्धानका लागी सोमवार ती दुबै जनालाई सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?