झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप

राजविराज राजविराज
|
बुधबार, जेठ ७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप

सारांश

  •     सप्तरीको बलान बिहुल गाउँपालिका ६ रामनगर टोलकी ७६ वर्षिया खटरीदेवी यादवनीले यस्तो आरोप लगाएकी हुन् ।
  • मन्दिरलाई जग्गा दिने भनी झुक्याएर कागजातमा हस्ताक्षर गराई छिमेकी गजेन्द्र प्रसाद यादवले आफ्नो श्रमितीको नाउँमा उक्त जग्गा पास गराएको भन्दै सोको छानबिन, दोषिलाई कारवाही तथा जग्गा फिर्ताका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना गरेकी हुन् ।
  •     गाउँमा कतै कुनै पहल नभएपछी न्याय खोज्दै बुधबार सदरमुकाम राजविराज आइपुगेकी उनले सरोकारवाला निकायका प्रमुख र संचारकर्मीहरुलाई भेट्दै सहयोगका लागि अपील गरिन् ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    आफूलाई झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्ध एकल महिलाले आरोप लगाएकी छिन् । 
    सप्तरीको बलान बिहुल गाउँपालिका ६ रामनगर टोलकी ७६ वर्षिया खटरीदेवी यादवनीले यस्तो आरोप लगाएकी हुन् । मन्दिरलाई जग्गा दिने भनी झुक्याएर कागजातमा हस्ताक्षर गराई छिमेकी गजेन्द्र प्रसाद यादवले आफ्नो श्रमितीको नाउँमा उक्त जग्गा पास गराएको भन्दै सोको छानबिन, दोषिलाई कारवाही तथा जग्गा फिर्ताका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना गरेकी हुन् ।
    गाउँमा कतै कुनै पहल नभएपछी न्याय खोज्दै बुधबार सदरमुकाम राजविराज आइपुगेकी उनले सरोकारवाला निकायका प्रमुख र संचारकर्मीहरुलाई भेट्दै सहयोगका लागि अपील गरिन् । उनले राजबिराजस्थित भुमी, सुधार तथा मालपोत कार्यालयमा लेखापढी ब्यवसायीको काम गर्दै आएका छिमेकी गजेन्द्र प्रसाद यादवले आप्mनो नाममा रहेको कित्ता नं.८६ को ५ कठ्ठा १४ धुर तथा कित्ता नंं.ं २४९ को २ कठ्ठा जग्गा धोखा दिएर आप्mनी श्रीमती मन्जुको नाममा पास गराएको बताईन । 
    निसन्तान एकल महिलाका श्रीमान झौली यादवको ९ महिना अघि मात्र निधन भएको थियो । उनका अनुसार गाउँ मै रहेको कल्याणेश्वर महादेव मन्दिरको आधुनिकीकरण तथा आम्दानीको श्रोत बढाउन श्रीमान जिवीत रहेकै बखत उक्त जग्गा मन्दिरको नाममा दान गर्ने आफु दुईबीच सल्लाह भएको थियो । 
    सो कुरा यादव दम्पतीले छिमेकी गजेन्द्रलाई पनि जानकारी गराएका थिए । श्रीमानको मृत्यु भएपछि उनको इच्छा पुरा गर्न आफुले लेखापढी व्यवसाय गर्दै आएका छिमेकी गजेन्द्रको साथ र सहयोग खोज्दा ठगिएको खटर देवीको भनाई छ । 
    गजेन्द्रलाई मन्दिरको नाममा जग्गा कसरी दिने ? भन्ने प्रकृया बारे सहयोग माग्दा मलाई मालपोत कार्यालयमा पु¥याएर धोखामा पारी आफ्नो श्रीमती मञ्जुको नाममा पास गराएको उनले सुनाईन । उनले यस बारे बैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा गजेन्द्र बिरुद्ध उजुरी दिएको बताइन् । 
    यता गजेन्द्रले भने आफुले कुनै धोखा नदिएको र उक्त जग्गा खटरीका श्रीमान झौली जीवित हुदै बखत नै आफुले २१ लाखमा खरिद गरेको दाबी गरेका छन । उनले झौली संग आफनो लेनदेनको कारोबार हुने गरेको र उनी संग लिन बाँकी रहेको रकममा केही थपेर २१ लाखमा जग्गा खरिद गरेको दाबी गरेका छन । उनले जग्गा पास गर्न खटरी देवी स्वेच्छाले मालपोत कार्यालयमा आएको र स्वेच्छाले नै मन्जुको नाममा रजिष्ट्रेशन पास गरेको बताएका छन । 
    बलान विहुल गाँउपालिकाका अध्यक्ष खेमचन्द यादवले उक्त विषयमा पीडीत भनिएकी खटरी देवीबाट न्यायीक समितीमा समेत उजुरी परेको र त्यसबारे न्यायीक समितीले छानबिन गरीरहेको जनाएका छन । उनले यसबारे आफ्नो स्तरबाट समेत सत्यतथ्य पत्ता लगाउने काम थालिएको र चाडै निष्कर्षमा पुग्ने जनाएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
दुई सय ५० विपन्नलाई फाइबर सिरक प्रदान
दुई सय ५० विपन्नलाई फाइबर सिरक प्रदान
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन