विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध

राजविराज राजविराज
|
सोमबार, पौष १८, २०७९
|
|
९७ पटक हेरिएको
Shares
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध

सारांश

  •     गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालय आसपास खोलिएका मदिरा तथा सुर्तीजन्य पसलका कारण विद्यार्थीहरुमाथी पर्ने नकारात्मक प्रभाव र कुलत बाट जोगाउन यस्तो निर्णय गरिएको बताए ।
  •       उनले विद्यालयको ३ सय मिटर वरपर कतै पनि मदिरा र सुर्तीजन्य पर्दाथको विक्री वितरण गर्न नपाईने गरी बन्देज लगाइएको र वेवास्ता गर्ने पसलेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कारवाही गर्ने प्रस्ट पारेका छन ।
  •       विद्यालय आसपास नै मदिरा र सुर्तीजन्य पर्दाथको दर्जनौ पसल खुलेपछि सम्भावित विकृती रोक्न यस्तो निर्णय गरिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    सप्तरीको विष्णुपुर गाउँपालिकाले विद्यालय आसपास मदिरा तथा सुर्तीजन्य पर्दाथ विक्री वितरण गर्न सोमबारदेखी निषेध गरेको छ । 
    गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालय आसपास खोलिएका मदिरा तथा सुर्तीजन्य पसलका कारण विद्यार्थीहरुमाथी पर्ने नकारात्मक प्रभाव र कुलत बाट जोगाउन यस्तो निर्णय गरिएको बताए । 
    उनले विद्यालयको ३ सय मिटर वरपर कतै पनि मदिरा र सुर्तीजन्य पर्दाथको विक्री वितरण गर्न नपाईने गरी बन्देज लगाइएको र वेवास्ता गर्ने पसलेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कारवाही गर्ने प्रस्ट पारेका छन । 
    विद्यालय आसपास नै मदिरा र सुर्तीजन्य पर्दाथको दर्जनौ पसल खुलेपछि सम्भावित विकृती रोक्न यस्तो निर्णय गरिएको उनको भनाई छ । 
    विद्यालय तथा धार्मिक स्थल आसपास मदिराजन्य पर्दाथ विक्री वितरण गर्न कानूनले नै बन्देज लगाए पनि यस्को पालना गर्न केही पसलेले अटेर गरेपछि गाउँपालिकाको बैठकबाटै त्यस्तो निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शुभाष प्रसाद मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो
हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा
हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा