हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
७ पटक हेरिएको
Shares
हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

सारांश

  • हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ५, ७, १२, १३ र तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ४ र ५ को बस्तीमा बाढी पस्दा ५ सय भन्दा बढी घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका हुन् ।
दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
लगातार तीन दिनदेखी भइरहेको वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् । बाढीले घर डुवानमा पर्दा दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५, ७, १२, १३ र तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ को बस्तीमा बाढी पस्दा ५ सय भन्दा बढी घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका हुन् ।
हनुमाननगर नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीका अनुसार वडा नं. १३ गोबरगाढामा १ सय ५० घर बाढीबाट प्रभावित भएको छ । वडा नं. १२ मा २ सय, वडा नं. ५ र ७ मा गरि १ सय ५४ घर डुवानमा परेका छन् ।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको नगर प्रमुख माझीले बताए । पालिकाले बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरेको उनले जानकारी दिँदै पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइने व्यवस्था मिलाएको जनाए ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ स्थित टिकुलीमा १९ घर डुबानमा परेका छन् । गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार डुबानका कारण प्रभावित भएका स्थानीयलाई राहत वितरणको काम भइरहेको छ ।
डुबानमा परेका परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 
जनचेतना फैलाउदै फर्सैठ युवा क्लवद्वारा सरसफाई 

छुटाउनुभयो कि ?