हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
७९ पटक हेरिएको
Shares
हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

सारांश

  • हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ५, ७, १२, १३ र तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ४ र ५ को बस्तीमा बाढी पस्दा ५ सय भन्दा बढी घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका हुन् ।
दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
लगातार तीन दिनदेखी भइरहेको वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् । बाढीले घर डुवानमा पर्दा दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५, ७, १२, १३ र तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ को बस्तीमा बाढी पस्दा ५ सय भन्दा बढी घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका हुन् ।
हनुमाननगर नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीका अनुसार वडा नं. १३ गोबरगाढामा १ सय ५० घर बाढीबाट प्रभावित भएको छ । वडा नं. १२ मा २ सय, वडा नं. ५ र ७ मा गरि १ सय ५४ घर डुवानमा परेका छन् ।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको नगर प्रमुख माझीले बताए । पालिकाले बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरेको उनले जानकारी दिँदै पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइने व्यवस्था मिलाएको जनाए ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ स्थित टिकुलीमा १९ घर डुबानमा परेका छन् । गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाका अनुसार डुबानका कारण प्रभावित भएका स्थानीयलाई राहत वितरणको काम भइरहेको छ ।
डुबानमा परेका परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?