आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग

राजविराज राजविराज
|
आइतबार, चैत्र १, २०७७
|
|
४५ पटक हेरिएको
Shares
आगोले जलेर मृत्यु भएकी खंगका  परिवारलाई आर्थिक सहयोग

सारांश

  •     गत माघ १३ गते घुर ताप्ने क्रममा आगोले जलेर गम्भिर घाइते भएकी खंगको उपचारका क्रममा गत शनिबार किर्तिपुरस्थित स्किन अस्पतालमा मृत्यु भएको थियो ।
  •       मृत्कको घरमै पुगि उनका पति राजाराम खंगलाई पत्निको किरिया खर्च वापत रु.
  • ५ हजार आर्थिक सहयोग गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 
    आगोले जलेर एक साताअघि मृत्यु भएकी राजविराज १० दिघवाकी गितादेवी खंगको परिवारजनलाई जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य भिमराज यादवले आइतबार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
    गत माघ १३ गते घुर ताप्ने क्रममा आगोले जलेर गम्भिर घाइते भएकी खंगको उपचारका क्रममा गत शनिबार किर्तिपुरस्थित स्किन अस्पतालमा मृत्यु भएको थियो । 
    मृत्कको घरमै पुगि उनका पति राजाराम खंगलाई पत्निको किरिया खर्च वापत रु. ५ हजार आर्थिक सहयोग गरेका हुन् । 
    नेता यादवले राजारामलाई तत्काल उक्त रकम उपलब्ध गराएको बताउँदै भविष्यमा पनि सहयोगका लागि आफ्नो स्तरबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 
    मृत्यु भएकी खंगको एक दुधे छोरी र श्रीमान् छन् । उनीहरुको ऐलानी जग्गामा टहरा बनाएर बस्दै आएका छन् । खंगका पति अरुको घरमा मजदुरी गर्दै परिवार चलाउँदै आएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
बिउ, मल, खादको व्यवस्था गर्न माग
बिउ, मल, खादको व्यवस्था गर्न माग
सवारी दुर्घटनामा तीन जना घाइते 
सवारी दुर्घटनामा तीन जना घाइते