जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 

सारांश

  •     उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश अर्जनु अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दासले निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा सपथ गराएका थिए ।
  • प्रमुख अतिथिले भने नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।
  •          गत भदौं २९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 

    सप्तरी जिल्ला अदालत बार एशेसिएशनको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदस्थपन गरेका छन् ।
    उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश अर्जनु अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दासले निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा सपथ गराएका थिए । प्रमुख अतिथिले भने नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।         

गत भदौं २९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित भएका थिए । 
    उपाध्यक्ष पदमा मिस्टर चौधरी, सहसचिव पदमा शैलजा कुमारी साह र कोषाध्यक्ष पदमा निलम कुमारी यादव निर्विरोध निर्वाचित भएका थिए । 
    सचिव पदमा कानुन व्यवसायी रामएकवाल मण्डल, सदस्य पदमा लबेन्द्र प्रसाद देव, धिरेन्द्र लाल, रामनरेश चौधरी, शिवनारायण यादव तथा बिरबहादुर कडारी निर्वाचित भएका थिए । 
    यस्तै केन्द्रिय पार्षदमा कानुन व्यवसायीहरु महेन्द्र प्रसाद देव, शंकर कुमार मिश्र, केशरलाल खंग, रमाकान्त चौधरी तथा ध्रब कुमार मण्डल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?